न्यूज ब्यूरो, काठमाडौं । बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेका हुन् ।
टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्राथमिकताको साथ प्रसारण गरिरहेका छन् । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही सार्पसुटरले खानको हत्याको प्रयास गरेका हुन्
सलमानको घरबाहिर सार्पसुटर पुगेर हत्याको प्रयास गरेको, तर अन्तिम समयमा फर्किएको फिल्मफेयरले जनाएको छ । लरेन्स बिस्नोइ ग्याङबाट आफूलाई कुनै खतरा नभएको भन्दै सलमान शुक्रबार बिहान घरबाहिर साइक्लिङमा निस्किएका थिए । जोखिम बढेको भन्दै सलमानको सुरक्षा कडा बनाइएको छ ।
यसैबीच, मुम्बई प्रहरीले केही दिनअघि सलमान खान र उनका पिता सलिमलाई पत्रमार्फत ज्यान मार्ने धम्की दिएको कुराको पुष्टि गरेको छ । यो धम्कीमा लरेन्स बिस्नोइ ग्याङको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
तीन जना व्यक्ति उक्त पत्र पुर्याउन राजस्थानदेखि मुम्बई पुगेको समेत प्रहरीले जनाएको छ । ग्याङका एक सदस्य तथा आरोपी सिद्धेश हिरामन कम्बेलसँगको सोधपुछमा यो कुराको खुलासा भएको उल्लेख छ ।
ती तीन जनालाई पहिचान भइसकेको र पक्राउको तयारी भइरहेको समेत मुम्बई प्रहरीले जनाएको छ ।
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०७९ जेठ २७ शुक्रबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्





