MEMES भिडियोमा प्रायः देखिन यी व्यक्तिको अकालमै मृत्यू
फेसबुक, युटुब, ईन्ष्टाग्राम, टिकटोक लगायतको भिडियोमा बनाइने मिम्सहरुमा व्यँग गर्नको लागि लियाकतको “वा..वा...वा....वा....क्या बात है” भनिएको केही क्षणको भिडियोसहित “आ..हा..आहा....आहा.....” बोललाई लिएर उनी निरन्तर चर्चामा रहँदै आएका थिए ।

२०७९ जेठ २६ बिहीबार, बेलुकी ५:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सँजालहरुमा देखापर्ने प्रायः मिम्स भिडियोहरुमा देखिने एक पाकिस्तानी होस्टको अकालमै मृत्यू भएको छ ।
पाकिस्तानको चर्चित टिभी होस्ट समेत रहेका साँसद आमिर लियाकत हुसैनको अकालमै ज्यान गएको छ । उनको ४९ बर्षको उमेरमा विहिबार ज्यान गएको हो ।
एक प्रहरी अधिकारीका अनुसार साँसद लियाकतको स्वास्थ्यमा अचानक खराबी आएपछि उनलाई आगा खान विश्वविद्यालय अस्पताल लगिएको थियो, जहाँ उनलाई चिकित्सकले मृत घोषित गरेको थियो । डाक्टरको अनुसारको उनको शरिरमा कुनै प्रकारको गडबडी देखिएको थिएनन् ।
आमिर लिायकतको पोष्टमार्टम जिन्ना पोष्टग्रेजुटएट मेडिकल सेन्टरमा गरिने जनाइएको छ । यसैबीच, नेश्नल एसेम्बलीका अध्यक्ष राजा परवेज अशरफले एमएनए आमिर लियाकत हुसैनको मृत्यूको खवर पाएपछि आजै हुने भनिएको सँसदीय बैठक भोली साँझ ५ बजेसम्मको लागि स्थगित गरिदिएको हो ।
जानकारी अनुसार, साँसद लियाकतले तीन वटा विहे गरेका थिए । पाकिस्तानमा उनी बिहेलाई लिएर पनि चर्चा रहेका थिए भने समाजिक सँजालमा देखिने प्रायः सबै मिम्स भिडियोमा उनको भिडियो राखिएको पाईएको छ ।
फेसबुक, युटुब, ईन्ष्टाग्राम, टिकटोक लगायतको भिडियोमा बनाइने मिम्सहरुमा व्यँग गर्नको लागि लियाकतको “वा..वा...वा....वा....क्या बात है” भनिएको केही क्षणको भिडियोसहित “आ..हा..आहा....आहा.....” बोललाई लिएर उनी निरन्तर चर्चामा रहँदै आएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…