उच्च शिक्षा पुरा गरेको छोरीलाई २५ हजार दिने वडाअध्यक्ष साहको घोषणा
२५ हजार पाउने आशमा अभिभावकले छोरीलाई दस जोड सम्म पढाउने र यसबाट बालविवाह रोक्नमा ठूलो मदत मिल्ने उहाँको कथन थियो ।

२०७९ जेठ २४ मंगलबार, राति ८:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको सर्लाही जिल्लास्थितको एक स्थानीय तहको वडाध्यक्षले छोरी पढाउनको लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर २ का नव निर्वाचित वडाअध्यक्ष अजय प्रसाद साहले प्लस टु दुई पास गर्ने छोरीलाई २५ हजार दिने घोषणा गरेको छ । आज एक कार्यक्रमको बिच पदभार ग्रहण गर्दै पहिलो निर्णय गरेको हो ।
बालविवाह न्यूनीकरण तथा रोकथामका लागि उच्च शिक्षा हासिल गरेको छोरीलाई उक्त रकम दिने गरेको वडाअध्यक्ष साहले बताए ।
तराई मधेसमा विधमान रहेको बालविवाहका कारण गरिब, दलित तथा अतिविपन्न परिवारका छोरीहरू उच्च शिक्षा पुरा गर्नबाट बन्चित हुँदै आएको छ । यो निर्णयले उनीहरुलाई उच्च शिक्षा पुरा गर्न र बालविवाह निरुत्साहित गर्नमा सहयोग पुग्ने वडाअध्यक्षको बुझाई रहेका छन ।
उच्च शिक्षा पूरा गरेको छोरीलाई २५ दिने निर्णय स्वागतयोग्य रहेको एक स्थानीयले बताए । माध्यमिक शिक्षा पूरा नगरी बिहेको सिकार हुने गरिब, दलित तथा अतिविपन्न परिवारका छोरीहरु सबैभन्दा बढी लाभान्वित हुने बताए ।
२५ हजार पाउने आशमा अभिभावकले छोरीलाई दस जोड सम्म पढाउने र यसबाट बालविवाह रोक्नमा ठूलो मदत मिल्ने उहाँको कथन थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…