देशको GDP विकासमा बागमती प्रदेश सबभन्दा तगडा, मधेश प्रदेशको सबभन्दा खत्तम
फ्याक्ट नेपाल नामक सँस्थाको उक्त तथ्याँक अनुसार मधेश प्रदेशको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर सबभन्दा कम रहेको छ ।

२०७९ जेठ २४ मंगलबार, बिहान ११:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । देशको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर (विकास) अर्थात GDP मा संघीय नेपालको प्रदेशहरुमध्ये बागमति प्रदेश सबभन्दा अगाडी देखिएको छ ।
फ्याक्ट नेपाल नामक सँस्थाले गरेको अध्ययनको प्रतिवेदन अनुसार चालु आर्थिक बर्ष २०७८/०७९ तथ्याँक अनुसार सातवटै प्रदेशमध्ये बागमति प्रदेशको कुल ग्राहस्थ उत्पादन सबभन्दा अधिक रहेको छ ।
प्रादेशिक अनुसार कुल ग्राहस्थ उत्पादनको तथ्याँक अनुसार प्रदेश नम्बर १ को कुल ग्राहस्थ उत्पादन विकास ५.४१ प्रतिशत रहेको छ । मधेश प्रदेशको विकास दर ४.८२ प्रतिशत रहेको छ ।
यस्तै, बागमति प्रदेशको विकासको दर सबभन्दा बढी रहेको छ । तथ्याँक अनुसार चालु आर्थिक बर्षमा बागमति प्रदेशको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर ६.७४ प्रतिशत रहेको छ ।
गण्डकी प्रदेशको ६.१७ प्रतिशत, लुम्बीनि प्रदेशको ५.३६ प्रतिशत, कर्णाली प्रदेश ५.४७ प्रतिशत र सुदुरपश्चिमको ५.९२ प्रतिशतको वृद्धिदर रहेको छ ।
फ्याक्ट नेपाल नामक सँस्थाको उक्त तथ्याँक अनुसार मधेश प्रदेशको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर सबभन्दा कम रहेको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…