धनुषाको इनर्बा नाका टाईट गरेपछि बौखलाए नामुद तस्करहरु, प्रहरी फँसाउन बालबालिका प्रयोग
खेतसम्म गस्ती खटाएका प्रहरीले भारतसम्म हुने रक्सी तस्करी नियन्त्रण गर्न कडा कसरतमा लागेका छन् । घरासयी प्रयोजनको लागि केही मात्रामा मात्र ल्याउने समानमा केही ढिलाई गरेको प्रहरीले अधिक समान समात्न थालेपछि तस्करहरु षडयन्त्र सुरु गरेको बताइएको छ ।

२०७९ जेठ २० शुक्रबार, बिहान ७:२६ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको इनरबा नाकामा झन कडाई गरेपछि नेपाल एवम् भारतका तस्करहरु बौखलाएका छन् ।
थोरै मात्रामा भएपनि चोरबाटो भएर रक्सी तस्करी गरिसकेका धनुषाका नामुद तस्करहरु अहिले बेरोजगार भएका छन् । ईनरबा नाकामा सशस्त्र प्रहरीले खेतसम्म ड्युटी लगाएपछि तस्करहरु बौखलाएका छन् ।
केही दिन अघि १८ वटा मोटरसाईकलसहित भारी मात्रामा रक्सी समातेपछि त्यहाँका तस्करहरु बौखलाए । छिमेकी मुलुक भारतको बिहारमा रक्सी प्रतिबन्ध गरिएको अवस्थामा नेपालकै केही नामुद तस्करहरुले महिला तथा बालबालिकालाई प्रयोग गरी घरायसी समानमै एक दुई बोतल दिएर पठाउने गरेकोमा अहिले सशस्त्र प्रहरीले चेकिँग कडाई गरेपछि उनीहरु बौखलाएका छन् ।
गत चैत्र ९ गतेमा बिओपी ईनरबाका ईन्सपेक्टर शम्भु कटुवालको एक्सनमा लाखौँको रक्सी समातिएपछि तस्करहरुले उनलाई फँसाउन विभिन्न प्रपँच रचेको बताइएको छ । १८ वटा मोटरसाईकलसहित लाखौँको रक्सी समातेपछि तस्कर समूह ईन्सपेक्टर कटुवालसहित प्रहरी अधिकारीहरुलाई फँसाउन षडयन्त्रण गर्न थालेको बताइएको छ ।
.jpeg)
भारी मात्रामा भारत पैठारी गर्न लागिएको लाखौँको रक्सी एकैपटक बरामद गरेपछि सक्रिय तस्करहरुले प्रहरी अधिकारीलाई नै उल्झाएर समान पास गराउने दाउमा रहेको बुझिएको छ ।
गोप्य श्रोतको अनुसार, ईनरबा नाकाबाट महिला तथा बालबालिका प्रयोग गरी एक दुई बोतल गरी रक्सी तस्करी गर्दै आएकोमा केही महिनादेखि सशस्त्र प्रहरीले आफ्नो कार्यक्षेत्रको हरेक ठाउँमा गस्ती तैनाथ गरेपछि तस्करहरुलाई बिच्चली भएको छ ।
भारतीय तस्करहरुले समेत नेपालबाट रक्सी नपाउने अवस्था देखेपछि यतापट्टिका तस्करसँग मिलेर प्रहरीलाई नै फँसाउने षडयन्त्र गरेको बताइएको छ ।
र्
ईनरबा नाकाबाट केही महिनामै करिब ५० लाख मूल्य बराबरको समान बरामद गरी भन्सार कार्यालय जनकपुरमा बुझाएको रेकर्ड छ । २५ वटा मोटरसाईकल बरामद गरी भन्सारमा बुझाएपछि तस्करहरु अहिले बौखलाएका छन् ।
भारत विहारका तस्कर र धनुषा जिल्लाका पूर्वी नाकाका तस्करहरुले रक्सी तस्करी गर्ने कुनै उपाय पाउन नथालेपछि उनीहरुले षडयन्त्र रच्न थालेका छन् । घरायसी समानको लागि पारी आवतजावत गर्ने बालबालिकाहरुलाई नै प्रयोग गरी तस्विर तानेर प्रहरी फँसाउने षडयन्त्र थालेको हो ।
जनपद प्रहरी र सशस्त्र प्रहरीको गस्तीमा कडाई
ईनरबा नाका, महुवा नाका, नवटोली नाका, महिनाथपुर नाका लगायतमा प्रहरीले गस्ती दोब्बर गरेको छ । नेपाल भारतको खुल्ला सीमाको कारण खेतीपातीको लागि पनि वारीपारी गर्दा सोही क्रममा हुने तस्करीलाई मध्यनजर गर्दै अहिले सिभिलमा समेत प्रहरी परिचालन गरी तस्करी रोक्न कडा कसरतमा लागेका छन् ।
खेतसम्म गस्ती खटाएका प्रहरीले भारतसम्म हुने रक्सी तस्करी नियन्त्रण गर्न कडा कसरतमा लागेका छन् । घरासयी प्रयोजनको लागि केही मात्रामा मात्र ल्याउने समानमा केही ढिलाई गरेको प्रहरीले अधिक समान समात्न थालेपछि तस्करहरु षडयन्त्र सुरु गरेको बताइएको छ ।
विहिबार मात्र १ लाख ५५ हजार रुपैयाँ मूल्य बराबरको समान बरामद गरेपछि तस्करहरु झन तनावमा देखिएका छन् । मोटरसाईकलसहितै समान जफ्त गर्ने सशस्त्र प्रहरी र जनपद प्रहरीले कडाई गरेपछि उनीहरुको बिच्चली भएको छ ।
बालबालिकामाथि बिशेष निगरानी
बिओपी ईनरबा एवम् ईलाका प्रहरी कार्यालय खजुरी, मातहतका प्रहरीचौकी इनरबाले भारतको जयनगरसम्म घरायसी समानको लागि पनि आवतजावत गर्ने बालबालिकामाथि बिशेष निगरानी थालेको छ ।
बालबालिकाहरुलाई प्रयोग गरी तस्करहरुले तस्करी गर्न सकिने भन्दै प्रहरीले उनीहरुलाई चेकजाँच सहित घरायसी समानको लागि आवतजावत गर्ने बालबालिकाको अभिभावकलाई बोलाएर समान लिन नपठाउन आग्रह समेत गर्ने गरेको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…