कमाउन विदेश गएका अधिकाँश युवाहरु TikToker माथि पैसा फाल्दै, घरपरिवार भोकै
धनुषा, महोत्तरी, सिरहा, सप्तरी लगायतका जिल्लाहरुकी केही युवतिहरुले “हनी ट्रयाप” बिछ्याएको छ ।

२०७९ जेठ १९ बिहीबार, बिहान ६:२८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । परिवारको दुई छाक टार्न विदेशिएका अधिकाँश नेपाली युवाहरु टिकटकमा पैसा फाल्दै गर्दा उनीहरुको परिवारको बिच्चली भएको देखिएको छ ।
सानो भिडियो बनाउने प्लेटफर्मको रुपमा परिचित टिकटक एपमा नेपालबाट टिकटकमा नाच्ने युवतिहरुमाथि उनीहरुले हजारौँ रुपैयाँ गिफ्ट (उपहार) पठाउने गर्दा घर परिवारलाई पैसा पठाउन नसकेको अवस्था समेत सृजना गरेका छन् ।
परिवारकै दुःख हटाउन ऋण लिएर विदेश गएका अधिकाँश मधेशतर्फका युवाहरु टिकटकमा जमात नै देखिएको छ । उनीहरुले हजारौँ रुपैयाँको गिफ्ट किनेर टिकटकीया युवतिहरुलाई पठाउने गर्दा घरपरिवारलाई भोकै बस्नु परेको अवस्था पनि सृजना भएको छ ।
टिकटकमा कैयौँ फिल्टर लगाएर नाच्ने नचनियाँ युवतिहरुको जालमा परेर उनीहरुले कमाउने गरेको रकम डिजिटल गिफ्ट किनेर युवतिहरुलाई पठाउने गर्दा परिवारजनलाई पीर भएको पीडा पोखिएको छ ।
“खास गरी सउदी, कतार, दुबई, मलेसिया लगायतका अन्य देशहरुमा कामदारको रुपमा गएका नेपाली युवाहरुले आफ्नो कमाई घर पठाउनुको सट्टा पैसाले गिफ्ट किनेर युवतिहरुलाई पठाउने गरेको छ । गिफ्ट हजारौँ रुपैयाँमा पाउने गरिन्छ । केटीहरु टिकटकमा लाईभ आउँदा उनीहरुलाई डिजिटल गिफ्ट किनेर पठाउने गरिन्छ । उनीहरुले महिनाभरिको कमाई नै टिकटकमा फालेको म आफैँ हेरेको छु ।”– टिकटक प्रयोगकर्ता सँजय सूर्याले भने ।
गिफ्ट पाउनको लागि अधिकाँश युवतिहरुले कपडा फुकाल्नुपरेको समेत बताइन्छ । उनीहरुले गिफ्ट पाउने लोभमा ईमो एपबाट जुडेर भिडियो कल गरी जिस्मफरोसी समेत गरेको खुलाइएको छ ।
विदेशमा परिवारको दुई छाक टार्न गएका युवाहरुले आफ्नो कमाईको हिस्सा टिकटकीया नचनियाँहरुमाथि फाल्ने गर्दा उनीहरुले घरमा पैसा पठाउनै छाडेका छन् । पैसा पठाएपनि कमाईको केही प्रतिशत मात्र घर पठाउँदै सेलरी नै नदिएको, सेलरी काटिएको जस्ता बहाना समेत बनाउने गरेको छ ।
धनुषा, महोत्तरी, सिरहा, सप्तरी लगायतका जिल्लाहरुकी केही युवतिहरुले “हनी ट्रयाप” बिछ्याएको छ । टिकटकमा अश्लिल गीतहरुमा नाच्ने नचनीयाँ युवतिहरुलाई भर्चुअल मनोरञ्जनको लागि युवाहरुले सबै पैसा फाल्ने गरेका छन् ।
कमला नगरपालिका वडा नम्बर २ बस्ने एक युवक (नाम गोप्य) परिवार पाल्न एक बर्षदेखि विदेशमा छन्, तर अहिलेसम्म उनले मात्र एक पटक घरमा पैसा पठाएका छन् । उनले कम्पनीले सेलरी नै नदिएको जस्ता बहाना बनाउँदै गर्दा गाउँले युवाहरुले उनलाई टिकटकमा युवतिहरुलाई हजारौँको गिफ्ट पठाउने गरेको देखेका छन् ।
विदेश कमाउन गएका युवाहरुले सबै कमाई टिकटकिया नचनियाँहरुमाथि फाल्ने गर्दा उनीहरुको परिवार पनि बिच्चलीमा परेको छ ।
र्
फोन उत्तेजक कुरा गर्ने, भिडियो कलमा कपडा फुकालेर देखाउने जस्ता हनि ट्रयापमा पारी टिकटक चलाउने केही युवतिहरुको धन्दा नै बनेको छ । उनीहरुले टिकटकबाट पैसा कमाउनको लागि सँस्कार, सँस्कृति, बाबुआमाको प्रतिष्ठा समेत बेचेर पैसा कमाउन थालेका छन् ।
विदेश बस्ने युवकहरुले भने ईमोमा भिडियो कल गर्दा र कपडा फुकाल्दा, शरिरको संवेदनशिल अँगहरु देखाउँदा उनीहरुले पनि स्क्रीन रेकर्डिँग गरिरहेको पाईएको छ । विदेशबाट नेपाल फर्केपछि फोन कुराकानीमा भने अनुसार नगरे भिडियो इन्टरनेटमा भाइरल गर्ने चेतावनीसम्म दिएको बताईन्छ ।
यद्यपी, टिकटकटमा लाईभ बसेर पैसा कमाउने नचनीयाँ युवतिका बुवाआमाले पनि यसबाट अनभिज्ञ छन् । उनीहरुले छोरी बोलेरै पैसा कमाउने गरेको भ्रम पालेर बसेका छन् भने छोरीहरुले समेत आफू टिकटकमा त्यतिकै लाईभ बसेर पैसा कमाउने गरेको भन्दा केही पैसाको लोभमा करियर समेत बर्बाद पार्न अभिभावकहरु सहमत देखिएका छन् ।
टिकटक प्लेटफर्ममा लाईभ आउने प्रणाली छ । जसमा कसैले डिजिटल गिफ्ट किनेर पठाउँमा सो गिफ्ट डलरमा कन्भर्ट भएर प्रयोगकर्ताको बैँक खातामा आउने गरिन्छ । सो गिफ्ट किन्नको लागि मोबाईलकै रिचार्ज जस्तै हजारौँ रुपैयाँ तिर्नुपर्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…