नेपाली चलचित्र "भोर" हेरेपछि रोए मुख्यमन्त्री
न्यूज ब्यूरो || जनकपुरधाम, २३ चैत्त । मधेसको दाईजो प्रथामा आधारित नेपाली कथानक चलचित्र भोर द फस्ट लाईट हेरेपछि मुख्यमन्त्री पनि रोए । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिहिबार मिडटाउन सिनेमाजमा पुगेर चलचित्र हेर्दा सिनेमामै उनको आँखा रसाएर आयो । करिब ४० प्रतिशत मैथिली मधेसका भाषा प्रयोग

२०७४ चैत २३ शुक्रबार, बिहान ९:४६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २३ चैत्त । मधेसको दाईजो प्रथामा आधारित नेपाली कथानक चलचित्र भोर द फस्ट लाईट हेरेपछि मुख्यमन्त्री पनि रोए ।
प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिहिबार मिडटाउन सिनेमाजमा पुगेर चलचित्र हेर्दा सिनेमामै उनको आँखा रसाएर आयो ।
करिब ४० प्रतिशत मैथिली मधेसका भाषा प्रयोग गरिएको यस फिल्ममा जनकपुरका कलाकारहरुको बेजोड अभियन रहेको छ ।

महिला हिंसाको कारकका रुपमा विद्यमान दाईजोप्रथामाथि बनेको नेपाली कथानक चलचित्र भोर को प्रिमियर सो मा सहभागि हुन मुख्यमन्त्री हलमा फिल्म हेर्दाहेर्दै फिल्मको सार बुझेर आँखा रसाएका थिए ।
सिनेमाको बारेमा जानकारी लिँदै मुख्यमन्त्री गुरुङले राज्यले गर्नुपर्ने काम सिनेमाको माध्यमबाट गरिएको भन्दै चलचित्रका निर्माता निर्देशक एवं कलाकारहरुलाई हौसला प्रदान समेत गरे ।
समाज परिवर्तनमा सिनेमा साधन बन्न सक्ने भन्दै उनले भोर पनि समाज परिवर्तनको संवाहक बन्ने विश्वास व्यक्त गरे ।

सिनेमा हेर्न प्रदेश नं ४ का सांसदहरु, बुद्धिजिवी, सामाजिक अभियन्ता, पत्रकार लगायत पनि हलमा पुगेका थिए । सिनेमाले निकै गहन विषयलाई उठाएको र यस किसिमका सिनेमाले नेपाली समाजमा जरा गाडेर बसेको कु–प्रथालाई हटाउन सहयोग गर्ने उनीहरुको धारणा छ ।
चलचित्र प्रर्दशनपछि आयोजित पत्रकार सम्मेलनमा सिनेमाले नेपाली दर्शकको मन जित्नेमा निर्देशक यादव भट्टराई विश्वस्त देखिए । १ वर्ष अध्ययन र १ वर्ष छायाङ्कनमा खर्चेर फिल्म तयार पारेको उनले बताए ।

चलचित्रमा नेपालको तराई क्षेत्रलाई आधार मानेर समग्र देशको सामाजिक कुरिति अन्र्तगत रहेको दाईजो प्रथाका कारण महिलामाथि हुने अनेक किसिमका हिंसाका बारेमा मनछुने गरी प्रस्तुत गरिएको छ ।
निर्देशक भट्टराईले यसअघि सतिप्रथामा आधारित ऐतिहासिक सिनेमा झोला निर्देशन गरिसकेका छन् ।
चलचित्रमा अधिकांश कलाकारहरु जनकपुरका स्थानीय छन् । कृष्ण धारावासीको कथा रहेको सिनेमाका कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी हुन् भने राज तिमिल्सना र रामगोपाल थापा चिलचित्रका निर्माता हुन् ।

चलचित्रमा करिब १ करोडको लगानी रहेको निर्माणपक्षको दावी छ ।
चलचित्र आउँदो २१ बैसाखमा देशभर प्रर्दशनमा आउने बताईएको छ ।
फिल्ममा मिथिलाका हाँस्य कलाकार रामनाराय ठाकुर, अभिनेत्री डोली सरकार, अभिनेता राजेश सक्सेना, प्रकाश ठाकुर लगायत अन्य प्रसिद्ध अभिनेता अभिनेत्रीको अभिनयले भरिपूर्ण रहेको छ ।

फिल्ममा मधेसका भाषा प्रयोग गरिएकोले तराई मधेसका दर्शकहरुको लागि सहज हुने र फिल्म हेर्न रुचाउँने विश्वास निर्माण पक्षबाट गरिएको छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…