आश्चर्य : सप्तरीमा फूल्यो सल्हेश फूलबारीको फूल, हेर्न भीड
न्यूज ब्यूरो || राजविराज, २३ चैत । लाहान स्थित सलहेश फूलवारीमा मात्र वैशाख १ गते नै हारमको रुखमा सुनाखरी फूल फुल्ने गरेको सर्ववितिदै छ तर यता सप्तरीमा बैशाख अगाबै सलहेश फुलवारीमा फुल्ने हारम जस्तै देखिने फूल फूलेको छ । रेश्मा, कुश्मा र दौनाले सलहेशसँगै बिहे गर्ने सपना पुरा नभएपछि सम्झनाको लागि नयाँ

२०७४ चैत २३ शुक्रबार, बिहान ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
राजविराज, २३ चैत । लाहान स्थित सलहेश फूलवारीमा मात्र वैशाख १ गते नै हारमको रुखमा सुनाखरी फूल फुल्ने गरेको सर्ववितिदै छ तर यता सप्तरीमा बैशाख अगाबै सलहेश फुलवारीमा फुल्ने हारम जस्तै देखिने फूल फूलेको छ ।
रेश्मा, कुश्मा र दौनाले सलहेशसँगै बिहे गर्ने सपना पुरा नभएपछि सम्झनाको लागि नयाँ वर्ष बैशाख १ गते नै प्रत्येक वर्ष फूल फुल्ने फुल एक हप्ता अगाडि जिल्ला सप्तरीको खड्ग नगरपालिका ४ स्थित कल्याणपुरको एक पिपलको बोटमा सुनाखरी फूल फूलेको छ ।
सुनाखरी फुल जस्तै देखिने माला आकारको सेतो फूल सप्तरीको कल्याणपुरमा पनि देखिएपछि स्थानीयहरु आश्चर्य व्यक्त गरेका छन् । यता भने हेर्नका लागी दर्शकको भिड लागेको छ ।
लहान नगरपालिकाको सहिद चोकदेखि ३ किलोमिट पश्चिममा पर्ने साबिक पडरिया र शिश्वनी गाविस हाल लहान ११ र लहान २२ पर्ने सलहेश फूलवारीमा ठिक वैशाख १ गते नै हारमको रुखमा सुनाखरी फूल फुल्ने विशेषताले गर्दा ठूलो मेला पौराणिककालदेखि लाग्दै आईरहेको छ ।
प्रत्येक वर्ष बैशाख १ गतेका दिन सिरहाको सल्हेश फूलवारीमा मात्र एक दिनको लागि सुनाखरी फूल फूल्ने पौराणिक ईतिहास छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…