"एक था काला हिरण " जसले सलमानलाई जेल पठाए, के छ कालो हरिणमा ?
न्यूज ब्यूरो || जनकपुरधाम, २२ चैत्त । सलमान खान र कालो हरिणको नाम जब एकसाथ आउँछ, यसको मतलब ‘दबंग’ खान मुश्किलमा छन् । सलमान खान माथि राजस्थानको जोधपुरमा दुई कालो हरिण मारेको आरोप छ । यो घटना सन् १९९८ को २६ सेप्टेम्बरको हो । त्यसको दुई दिन पछि २८ सेप्टेम्बरमा सलमानले घोडा फर्ममा अर्को एक हरिण मारेको

२०७४ चैत २२ बिहीबार, राति ११:०८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २२ चैत्त । सलमान खान र कालो हरिणको नाम जब एकसाथ आउँछ, यसको मतलब ‘दबंग’ खान मुश्किलमा छन् । सलमान खान माथि राजस्थानको जोधपुरमा दुई कालो हरिण मारेको आरोप छ । यो घटना सन् १९९८ को २६ सेप्टेम्बरको हो ।
त्यसको दुई दिन पछि २८ सेप्टेम्बरमा सलमानले घोडा फर्ममा अर्को एक हरिण मारेको आरोप लागेको थियो ।
त्यही बर्ष २ अक्टोबरमा विश्नोई समुदायले सलमान खान विरुद्ध मुद्धा दर्ता गराएका थिए । त्यसको दश दिन पछि उनलाई गिरफ्तार गरियो । तर उनी जमानतमा छुटे । त्यही समय देखि यो लफडा चलिरहेको छ । विहिबार उनी दोषी ठहरिएका छन् । तर यो विषय किन यती धेरै चर्चामा आयो रु ठूला अभिनेता शामिल भएर वा कालो हरिण महत्वपूर्ण भएर ?
कहाँ–कहाँ पाइन्छ कालो हरिण ?
कालो हरिणलाई इन्डियन एन्टोलोप पनि भनिन्छ । यो भारत, पाकिस्तान र नेपालमा पाइन्छ । यो केही ठाँउमा थोरै संख्यामा रहेको बताइन्छ । यसको संख्या संरक्षित स्थानमा बढीरहेको बताइन्छ । यो लोपन्मुख जनवार हो । भारतमा यसको शिकार गर्न प्रतिबन्ध लगाइएको छ । यसको शिकार बढेपछि प्रतिबन्ध लगाइएको हो ।
यसको तौल समान्यतया ३५ किलो र उचाई ७४ देखि ८८ सेन्टिमिटर हन्छ । पोथीको कुरा गर्ने हो भने उसको तौल ३१ देखि २९ किलो हुन्छ र उचाई थारै कम हुन्छ । पोथी पनि भाले जस्तै सेतो रंगको हुन्छ । दुवैका आँखा,मुख र पेटको वरीपरी सेतो रंग हुन्छ । सिङका माध्यमबाट लिंग छुट्टाउन सकिन्छ । भालेको सिङ लामो हुन्छ भने पोथीको छोटो हुन्छ ।

रंग बदलिन्छ
यसले रंग समेत बदल्ने गर्छ । मनसुनको अन्त्यमा भाले हरिणको रंग कालो हुन्छ । तर जाडोमा यो फिक्का हुन्छ । अप्रिलको सुरूवातमा ग्रे रंगको हुन्छ । दक्षिण भारतमा यो हरिण कालो हुँदैन । यसले घाँस खान्छ । यो मैदानमा वस्त रूचाउँछ । मानिसको जनसंख्या बढेका कारण कालो हरिणको इलका मासिँदै गएको छ । करिव २ बर्ष अघि यसको संख्या ४० लाख थियो । १९४७ मा ८० हजार थियो । १९७० को दशकमा यो संख्या घटेर २२–२४ हजार थियो ।
२००० सम्म यो संख्या बढ्यो र ५० हजार पुग्यो । भारतमा कालो हरिण राजस्ता, पन्जाब, मध्यप्रदेश, महाराष्ट्र र गुजरातमा पाइन्छ । नेपालमा यसको संख्या दुई सय, अर्जेन्टिनामा ८ हजार ६ सय र अमेरिकामा ३५ हजार रहेको बताइन्छ । यो तथ्यपरक गणनामा आधारित तथ्यांक भने होइन । केही इलाकामा यसको संख्या धेरै रहेको बताइन्छ ।
भारतीय संस्कृतिमा कालो हरिणको खास स्थान छ । सिन्धु घाटीको सभ्यतामा यो भोजनको स्रोत थियो । र धोलावी र मेह्रगढ जस्ता ठाँउमा यसको हड्डिीको अवषेश भेटिएको छ । १६ औं देखि १९ औं शताव्दीका बीचमा बनाइएको यसको पेन्टिङ समेत मुगल सल्तनममा भेटिन्छ । केही मुदायले यसको पुजा समेत गर्ने गरेका छन् । आन्ध्र प्रदेशमा यसलाई स्टेट एनिमलको दर्जा दिइएको छ ।
हिन्दु प्राचीन गन्थ्रका अनुसार यो भगवान कृष्णको रथ तान्ने जनवार भएको उल्लेख गरिएको छ । यो वायु, सोम र चन्द्रको वाहान समेत भएको बताइन्छ । राजस्तानमा यसलाई करणी माताको संरक्षककोरूपमा समेत लिइन्छ ।
बीबीसीको सहयोगमा















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…