धनौजी गाउँपालिका वडा नं. २ मा कुनै पनि सिफारिसको दस्तुर नलिने वडासदस्य मिश्रको निर्णय
यो भन्दा पहिला जन्मदर्ता ,बिबाह दर्ता ईत्यादी जस्ता सिफारिसको लागि शुल्क तिर्नुपरेको थियो ।

२०७९ जेठ १० मंगलबार, बेलुकी ६:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता एवम् धनौजी गाउँपालिका वडा नम्बर २ का वडासदस्य रोशन कुमार मिश्रले वडामा कुनै पनि सिफारिसको लागि कुनै दस्तुर नलिने निर्णय गरेको बताएका छन् ।
मँगलबार पद तथा गोपनियताको सपथ लिँदै वडासदस्य मिश्रले वडाध्यक्षमा नव निर्वाचित काँग्रेसका उदय साहलाई वडावासीलाई कुनै प्रकारको सिफारिस शुल्क नलिन आग्रह गरेपछि पहिलो निर्णय गरिएको हो ।
धनुषाको धनौजी गाउँपालिका वडा न २ बाट वडा अध्यक्षमा कांग्रेसबाट उदय साह निर्वाचित भएका छन् भने चारवटै वडासदस्य लोसपाबाट रहेका छन् ।
पद तथा गोपनीयताको सपथ लिँदै वडासदस्य रोशन मिश्रले वडाध्यक्षसँग समन्वय गरी सिफारिसहरु निःशुल्क गरिएको बताए ।
यो भन्दा पहिला जन्मदर्ता ,बिबाह दर्ता ईत्यादी जस्ता सिफारिसको लागि शुल्क तिर्नुपरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…