TFF मा भाग लिए ३ करोड बढी अनुदान पाउने
न्यूज ब्यूरो, जनकपुरधाम । विश्वको अग्रगामी र खाद्य तथा कृषिको लागि अर्को पुस्ताको अविष्कारको सुरुवाती चरणको लागि आयोजना हुने थाउट फर फुड (TFF- Thought For Food) च्यालेन्जमा भाग लिए ३० हजार डलर बढी अनुदान पाउने भएको छ । १७५ वटा बढी देशहरुमा ३० हजार भन्दा बढी देशहरुमा आगामी पुस्ताको खाद्यान्न उत्पादन

२०७९ जेठ ९ सोमबार, बिहान ११:११ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । विश्वको अग्रगामी र खाद्य तथा कृषिको लागि अर्को पुस्ताको अविष्कारको सुरुवाती चरणको लागि आयोजना हुने थाउट फर फुड (TFF- Thought For Food) च्यालेन्जमा भाग लिए ३० हजार डलर बढी अनुदान पाउने भएको छ ।
१७५ वटा बढी देशहरुमा ३० हजार भन्दा बढी देशहरुमा आगामी पुस्ताको खाद्यान्न उत्पादन र खाद्यान्न सुरक्षाको लागि गरिने मेसिन अविष्कारको लागि हुन्नर हुने व्यक्तिले यसमा भाग लिन सकिने जनाएको छ ।
खाद्य सम्बन्धी अविष्कारको लागि यो च्यालेन्जमा भाग लिएर ३० हजार भन्दा अधिक डलर अर्थात करिब ३ करोड ३५ लाख रुपैयाँसम्म अनुदान दिइने भएको छ ।
विश्वको हरेक भागमा अर्को पुस्ताको खाद्य संरक्षणको लागि कृषि वा खाद्यान्न उत्पादन सम्बन्धी कुनै पनि प्रकारको अविष्कार गरेको वा गर्न चाहेकोले यो प्रतियोगितामा भाग लिन सकिने जनाइएको छ ।
यस प्रतियोगितामा खाद्य सम्बन्धी निर्माण गर्न, अविष्कार गर्न वा गरेका व्यक्तिहरुलाई अत्याधुनिक श्रोत, साधन, सिकाई अनुभव दिनुको साथै राम्रो गर्नेलाई ३ करोड बढीको अनुदान दिइने भएको छ ।
विगत ८ बर्षमा ६० भन्दा अधिक सुरुवाती अविष्कारहरु गरिसकेको जनाउँदै अहिलेसम्म २०० मिलियन डलर कलेक्सन गरेको उल्लेख छ । १७५ बढी देशहरुमा आगामी भविष्यको लागि खाद्यान्न संक्षित गर्न र नयाँ अविष्कारको लागि लगानी गरिने भएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…