सुपरस्टार सलमान खानलाई ५ बर्षको जेल सजाय
न्यूज ब्यूरो || भारत, २२ चैत्त । बलिवुड अभिनेता सुपरस्टार सलमान खानलाई अदालतले ५ वर्षको जेल सजाय तोकेको छ । कालो हरिण मारेको आरोपमा जोधपुरको एउटा अदालतले सलमान खानलाई ५ वर्षको जेल सजाय तोकेको हो । उनलाई सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको ‘हम साथ साथ हे’ चलचित्रको सुटिङको समयमा दुईवटा कालो हर

२०७४ चैत २२ बिहीबार, दिउँसो १:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
भारत, २२ चैत्त । बलिवुड अभिनेता सुपरस्टार सलमान खानलाई अदालतले ५ वर्षको जेल सजाय तोकेको छ ।
कालो हरिण मारेको आरोपमा जोधपुरको एउटा अदालतले सलमान खानलाई ५ वर्षको जेल सजाय तोकेको हो ।
उनलाई सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको ‘हम साथ साथ हे’ चलचित्रको सुटिङको समयमा दुईवटा कालो हरिण मारेको आरोपमा दुई वर्षको सजाय तोकेको हो ।
जेल सजाय भएपनि जेल जानुपर्दैन किन ?
अदालतले जेल सजाय तोकेपनि अभिनेता सलमान खानले जेल भने जानुपर्दैन ।
सजाय तोकिए लगत्तै उनका वकिलहरुले उनलाई बेलको लागि प्रयास राखेका छन् र र उनलाई अहिले नै बेल मिल्नेछ ।
यसअघि मुख्य न्यायिक मजिस्ट्रेट देवकुमार खत्रीले सन् १९९८ को यो मुद्धाका बारेमा २८ मार्चमा पूरा सुनुवाई गर्दै फैसला पछि सुनाउने घोषणा गरेका थिए ।
उनीसँगै सलमान खान, सैफ अली खान, सोनाली बेन्दे्र, तब्बू तथा नीलिमा कोठारीविरुद्ध मुद्दा दर्ता भएको थियो तर सैफ अली खान, सोनाली बेन्दे्र, तब्बू तथा नीलिमालाई अदालतले सफाई दिएको छ ।
फैसला सुनाउनु अघि सलमानका वकिलले अदालतमा कम सजायको अपिल गरेका थिए भने सरकारी वकिलले धेरै भन्दा धेरै सजाय तोक्न अपिल गरेका थिए ।
सलमानलाई यो सजाय पनि !
बलिउड अभिनेता सलमान खानलाई मुम्बईको एक अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ ।

रक्सीले मातेर गाडी चलाएको र सडकमा सुतेकालागि किचेर भागेको आरोपमा दोषि ठहर गर्दै अदालतले उनलाई ५ वर्ष जेल सजाय तोकेको हो ।
घटना भएका बेला सलमानले गाडी चलाएको र उनीमाथि लागेका सबै आरोप प्रमाणित भएको अदालतले जनाएको छ ।
सलमानमाथि सन् २००२ सेप्टेम्बर २८ को राति सडकमा सुतिरहेका व्यक्तिमाथिबाट गाडी चलाएको आरोप लागेको थियो ।
सलमानले चलएको गाडीले च्यापिएर एक जनाको ज्यान गएको थियो भने अन्य चार जना घाइते भएका थिए ।
तर सलमान खानले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका थिए ।
सलमानले घटना भएका बेला आफूले गाडी नचालको र आफू नशामा पनि नरहेको बताउँदै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…