राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन
पासवान हिडडुल गर्दा मानसिक सन्तुलन गुमाएकै मानिस जस्तै कपाल, दाधी जुंगा देखिएको थियो ।

२०७९ जेठ ७ शनिबार, बिहान ७:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सुन्दा हेर्दा नै आश्र्चय लाग्ने घटना आज सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सार्वजनिक भएको छ ।
चन्द्रनगर गाउँपालिका वडा नम्बर ७ बस्ने एक स्थानिय वासीले गाउँपालिका अध्यक्षमा पराजित भएपछि मुण्डन गराएका छन ।
स्थानिय नागेन्द्र पासवानले ८ महिना पहिले महेन्द्र महतोबाट पिडित भएर वडा नम्बर ७ कै शिव मन्दिरमा गएर महतो पराजित भएपछि आफनो मुण्डन गर्ने भाकल गरेका थिए ।
भाकल पुरा भएपछि पासवानले आज आफनो मुण्डन गराएको छ । करिब ८ महिना देखि कपाल र जुंगा, दाधी नकाटी पासवान बसेका थिए ।
पासवान हिडडुल गर्दा मानसिक सन्तुलन गुमाएकै मानिस जस्तै कपाल, दाधी जुंगा देखिएको थियो । स्थानिय तह निर्वाचनमा महतो लोकतान्त्रिक समाजवादी पार्टी बाट आफनो उम्मेदवारी दिएका थिए ।
मतगणना परिणाममा महतो नेपाली कांग्रेसका उम्मेदवार राजकुमार महतो सँग पराजित भएपछि पासवानले नाढी तालमा रहेको शिव मन्दिरमा आफुले गरेको भाकल अनुसार ५० किलो लडु शिव मन्दिरमा चढाई पुजा पाठ गरी टाउकोको कपाल, दाधि र जुंगा खुसी भएर खुइलाएको छ ।
स्थानिय तह निर्वाचन २०७४ मा महेन्द्र महतो निर्वाचित भएपछि पासवानलाई मासिक १५ हजार दिने भन्दै कार्यालय सहयोगीको रुपमा करार नियूक्ति दिएका थिए ।
पासवानलाई नियुक्ति पश्चात २०७४ सालका तत्कालिन गापा अध्यक्षकका स्वकीय सचिव राम कैशाल साहको घरमा काम लगाइन्थयो, नाला, सौचालय लगायत विभिन्न कार्य गराउँदा पनि भनेको पारिश्रमिक नदिएर मासिक १२ हजार दिने गरेकोले पासवानले गापा अध्यक्षको स्वकीय सचिवबाट पिडित भएर जागिर छोडनु परेको थियो ।
त्यस्पछि पासवान रोजगारीको शिलशिलामा भारत गए । भारत बाट फर्केपछि पासवान पुःन घर आउँदा करिब ९ महिना पहिले पुःन मासिक १० हजार दिने गरी कार्यालय सहयोगीको नियुक्ती पाए ।
कार्यालय सहयोगीमा पासवानलाई पुन महतोका स्वकीय सचिव साहले पुरानै व्यवहार गरेपछि पासवानले जागिर छोडेर शिव मन्दिरमा त्तकालिन गापा अध्यक्ष महतो हार्ने भाकल ग¥यो ।
महतो हारेपछि आफुले ५० किलो लडु शिव मन्दिरमा चढाउने, चोखो भएर आफनो कपाल, दाधी र झूगा खुल्याउने भाकल गरेकोले भाकल पुरा भएपछि आज आफनो मुण्डन गराएको पासवान बताए ।
आज मेरो खुसिको सिमा नै छैन महेन्द्र महतो हारेपछि अहिले पर्व जस्तै मेरो उत्सव भएको पासवानले बताए । महेन्द्र महतो जो सँग पराजित भएपनि मेरो भाकल पुरा भएको छ,आफुले खसीले गदगद भएर नै मुण्डन गराएको पासवानले बताए ।
पासवान सनपापरी बेचेर आफनो दैनिक गुजार गरिरहेको छ। पासवानको ७ छोरी, एक श्रीमती गरी ९ जनाको परिवार रहेको छ ।
महेन्द्र महतो लासपाका वरिष्ठ नेता राजेन्द्र महतोको दाई हुनुहुन्छ । महतो आफनै गाउँले राजकुमार महतो सँग पराजित भएपछि पासवानले आफनो भाकल अनुसार आज मुण्डन गराएको स्थानिय उमेश साहले जानकारी दिए ।
मुण्डन गर्ने स्थलमा नव निर्वाचित गाउँपालिका अध्यक्ष राजकुमार महतो लगायत सयौंको संख्यामा स्थानियहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…