मधेशका मुख्यमन्त्रीकी श्रीमतिको लज्जास्पद हार, दुवै पिए पनि हारे, साईकल खाने पिएको जमानत जफ्त
विशेश्वर ३८८७ मत ल्याएर विजयी हुँदा दोश्रो नम्बरमा पशुपति २८५९ मतमा सीमित भएर पराजय बेहोरेका छन्।

२०७९ जेठ ६ शुक्रबार, बिहान १०:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती जलेखा खातुन पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) बाट लज्जास्पद पराजय व्यवहोरेकी छन् ।
उपाध्यक्षमा काँग्रेसकी उम्मेदवार बबिता सिंह निर्वाचित भएकी छन् । एमालेकी उम्मेदवार मीरादेवी कुर्मीलाइ २१८६ मतले हराउदै बबिता उपाध्यक्षमा निर्वाचित भएकी हुन् । बबिताले ५५३१ मत पाउदा , उनकी निकटतम प्रतिद्धन्द्धी एमालेकी मीरा देवीले भने ३३४५ मत पाएकी छन् ।
मुख्यमन्त्री श्रीमती जलेखा खातुनले भने ३१२३ मत मात्रै पाएकी छन् । जसपाबाट उम्मेदवार बनेकी मुख्यमन्त्री राउतकी पत्नि भने तेश्रो स्थानमा समिति भएकी छन् ।
खातुन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती हुन् । मुख्यमन्त्री राउतले आफ्नै श्रीमतीलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएका थिए ।
यस्तै, मुख्यमन्त्री लालबाबु राउतका दुईजना स्वकीय सचिव पनि स्थानीय तह निर्वाचनमा पराजित भएका छन्।
पूर्व प्रमुख स्वकीय सचिव दीपक यादव र स्वकीय सचिव पशुपति यादव पालिका प्रमुखमा पराजित भएका हुन्।

पर्साको पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा उठेका दीपकले जमानत समेत बचाउन सकेनन्। बेटी पढाउ, बेटी बचाउ अभियानको साईकल खाएको आरोप लागेका दिपकको जमानत जफ्त भएको छ ।
उक्त पालिकामा नेपाली कांग्रेसका दिनेश कुमार चौधरी ५ हजार १४४ मत ल्याएर निर्वाचित हुँदा चौथो नम्बबरमा दीपकले मात्र ४६९ मत ल्यान सके।
यस्तै,धनुषाको कमला नगरपालिकाको मेयरमा उठेका पशुपति कांग्रेस उम्मेदवार विशेश्वर प्रसाद यादवबाट मेयको पदमा निर्वाचित हुन सकेनन् ।
विशेश्वर ३८८७ मत ल्याएर विजयी हुँदा दोश्रो नम्बरमा पशुपति २८५९ मतमा सीमित भएर पराजय बेहोरेका छन्। यद्यपी, कमला नगरपालिकामा पशुपति यादवले अधिक मत ल्याएर प्रतिद्धन्द्धीको भूमिकामा रहँदै आए । उनले सम्मानजनक मत पाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…