मतपत्रको हेर फेर, स्थानीय आक्रोसित नियन्त्रण गर्नलाई ८ राउन्ड हवाई फाइरिङ्ग
नियन्त्रण गर्नलाई प्रहरीले ८ राउण्ड हवाई फाइरिङ्ग गरेको छ।

२०७९ जेठ २ सोमबार, बिहान ८:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम। मधेश प्रदेश स्थित धनुषाको धनौजी गाउँपालिकाको निर्वाचन अधिकृत कार्यालयको अवस्था तनावग्रस्त बनेको छ। स्थानीय अवस्था तनावग्रस्त नियन्त्रण गर्नलाई प्रहरीले ८ राउन्ड हवाई फाइरिङ्ग र १ राउन्ड आँशुग्याँस प्रहार गरेको छ। यदपि अवस्था नियन्त्रणमा आउँन सकेको छैन।
गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा धनुषाको धनौजी गाउँपालिका १ मा भएको निर्वाचनको मतपत्र गणन गर्दा ४५ मतपत्रको हेर फेर भएको भन्दै अहिले निर्वाचन अधिकृत विरुद्ध नारा लगाउदै अवस्था तनावग्रस्त बनेको हो । कांग्रेस पार्टीको जनप्रतिनिधि बाहेकको पार्टीका जनप्रतिनिधि र स्थानीयले फेरी मतगणना गर्न नारा लगाउदै निर्वाचन अधिकृत कार्यालयको अवस्था तनावग्रस्त बनेको छ।
अवस्था तनावग्रस्त भएको कारण अहिले मत गणना स्थगित भएको हो।
स्थानीयको अनुसार निर्वाचन अधिकृत र कांग्रेसको मिलोमतोमा धाँधली भएको आरोप लगाइएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…