रहेनन् महजोडी मदनकी यशोदा
न्यूज ब्यूरो || काठगमाडौं, २० चैत्त । वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ । ६७ वर्षीया उहाँको गएराति १० बजेर ४५ मिनेटमा उपचारका क्रममा निधन भएको हो । क्यान्सर रोग पीडित उहाँलाई ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो

२०७४ चैत २० मंगलबार, बिहान ११:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
काठगमाडौं, २० चैत्त । वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ ।
६७ वर्षीया उहाँको गएराति १० बजेर ४५ मिनेटमा उपचारका क्रममा निधन भएको हो ।
क्यान्सर रोग पीडित उहाँलाई ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
अहिले धेरैजसो कलाकार अस्पताल पुगेका छन् । उहाँको मंगलबारै अन्त्येष्टि गरिने कलाकार किरण केसीले जानकारी दिनुभयो ।
२००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा उहाँको जन्म भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…