जनकपुरका हाँस्य कलाकारको भिडियो भारतमा भाइरल, बलिवुड अभिनेताले गरे शेयर
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशका कलाकाहरुद्धारा अभिनित एक हाँस्य व्यँग भिडियो अहिले छिमेकी मुलुक भारतमा भाइरल बनेको छ । जनकपुरधामका चर्चित हाँस्य कलाकार लडुवा भनिने अविनाश झा र उनीसँगै काम गर्ने कलाकार ईशिका भुजेलको एक भिडियो अहिले भारतमा भाइरल बनेको छ । युटुबमा एभिआई म्यूजिक नामक च्यानलबाट करिब ३ स

२०७९ बैशाख १९ सोमबार, दिउँसो १२:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशका कलाकाहरुद्धारा अभिनित एक हाँस्य व्यँग भिडियो अहिले छिमेकी मुलुक भारतमा भाइरल बनेको छ ।
जनकपुरधामका चर्चित हाँस्य कलाकार लडुवा भनिने अविनाश झा र उनीसँगै काम गर्ने कलाकार ईशिका भुजेलको एक भिडियो अहिले भारतमा भाइरल बनेको छ ।
युटुबमा एभिआई म्यूजिक नामक च्यानलबाट करिब ३ साताअघि अपलोड गरिएको एक भिडियोको सानो क्लीपमा स्वयँम्बरको बेला झगडा गरेको भिडियो भारतमा वास्तविकता भन्दै अधिक शेयर गरिएको छ ।
भिडियोमा विवाहको स्वयँमवरको बेला दुल्हा दुल्हीले एक अर्कालाई झापड हान्दै गरेको देखिएको छ । विवाहको बेला एकअर्कालाई स्वयँवरमै झापड हानेको तथा गीत गाउने मिथिलानीहरु भने चुपचाप हेरिरहेको देखिन्छन् ।
सो भिडियोलाई बलिवुडका अभिनेता एवम् भारतको चर्चित हाँस्य कलाकार सुनिल ग्रोवर “डा. मसुर गुलाटी” ले पनि शेयर गरेका छन् । द कपिल शर्मा शोमा काम गरेका सुनिल ग्रोवरले आफ्नो ईन्टाग्राममा अविनाश झा र ईशिका भुजेलद्धारा अभिनय गरिएको सो भिडियो शेयर गरेका छन् ।
ईन्ष्टाग्राममा उनले लेखेका छन् –“गुस्सा ना किया करो, अभि तो लाईभ सुरु हुई है, वैसे ३६ के ३६ गुण मिलते है ईनके” भनेर पोष्टयाएका छन् । सो भिडियो अहिलेसम्म ४ मिलियन अर्थात ४० लाख भन्दा बढी पटक हेरिएको छ ।
View this post on Instagram
यस्तै, भारतको चर्चित न्यूज च्यानले आजतकले पनि सो भिडियोलाई फ्याक्ट चेक कार्यक्रममा देखाएका छन् । सो भिडियोलाई विवाहको वास्तविकता दृश्य भन्दै धेरै जना प्रयोगकर्ताहरुले समाजिक सँजालमा पोष्टयाएपछि आजतकले सो भिडियो अफवाह रहेको भन्दै समचारमा स्थान दिएको छ ।
आजतकले सो भिडियोको सबै विस्तृत निकालेर मनोरञ्जनको लागि मात्र बनाइएको भनेर प्रष्टयाएको छ । अरिजनल च्यानलमा सो भिडियो २ लाख भन्दा अधिक पटक हेरिएको छ भने आजतकमा करिब २ लाख जनाले हेरेको छ ।
सो भिडियोको लागि कलाकार अविनाश झा, ईशिका भुजेल, अरुण बिजैया, पिपही, गजेन्द्र गजु, लवली लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…