धनुषामा छतबाट लडेर एक युवकको ज्यान गयो
न्यूज ब्यूरो || जनकपुरधाम, १८ चैत्त । धनुषामा छतबाट लडेर एक यूवकको ज्यान गएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ७ स्थित निर्माणधिन घरको रेलिँग हाल्ने क्रममा चिप्लेर छतबाट खसेपछि मृत्यू भएको जनाइएको छ । रेलिँग हाल्ने क्रममा मसाला राख्न जाँदा तीनतल्ले छतबाट लड्दा गम्घिर घाईते भएका क्षीरेश्वर

२०७४ चैत १८ आइतबार, बेलुकी ७:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १८ चैत्त । धनुषामा छतबाट लडेर एक यूवकको ज्यान गएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ७ स्थित निर्माणधिन घरको रेलिँग हाल्ने क्रममा चिप्लेर छतबाट खसेपछि मृत्यू भएको जनाइएको छ ।
रेलिँग हाल्ने क्रममा मसाला राख्न जाँदा तीनतल्ले छतबाट लड्दा गम्घिर घाईते भएका क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ बस्ने लखन लाल श्रेष्ठका छोरा अन्दाजी बर्ष ४० का मुरारी श्रेष्ठको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मसाला हाल्ने क्रममा अनियन्त्रित भएर श्रेष्ठ छतबाट मसाला सहितै तल झरेपछि गम्भिर घाईते भएका थिए ।
उपचारको लागि जानकी मेडिकल कलेज रमदैयामा ल्याउँदै गर्दा बाटोमै मृत्यू भएको भएपनि अस्पतालमा चिकित्सकले श्रेष्ठलाई मृत घोषित गरेको हो ।
मृतकको लासलाई जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टमको लागि ल्याउने तयारी भईरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…