धनुषाको हौवाहीमा भिषण आगलगी, लाखौँको धनमाल जल्यो (भिडियो)
न्यूज ब्यूरो || जनकपुरधाम, १८ चैत्त । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ४ हौवाही टोलमा एक घरमा आगलगी भएको छ । नगरपालिकाको वडा नं.४ बस्ने स्थानीय गणेश यादव र सत्यनारायण यादवको घरमा आगलगी हुँदा करिब ५ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । आज दिउँसो भएको आगलगीमा परि यादवद्धयको दुई फूसको घर सहित घर

२०७४ चैत १८ आइतबार, बेलुकी ५:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १८ चैत्त । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ४ हौवाही टोलमा एक घरमा आगलगी भएको छ ।
नगरपालिकाको वडा नं.४ बस्ने स्थानीय गणेश यादव र सत्यनारायण यादवको घरमा आगलगी हुँदा करिब ५ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आज दिउँसो भएको आगलगीमा परि यादवद्धयको दुई फूसको घर सहित घरमा राखिएको दाल, चामल, जिन्सी समान सहित एक थान साईकल जलेर खरानी भएको छ ।
आगो कसरी लागेको हो भनेर जानकारी नभएको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक विजय कुमार यादवले न्यूज ब्यूरोसँग भने ।
आगलगीपछि दुवै परिवारको विच्चली भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…