तेस्रो दीपक गुप्ता टी-२० क्रिकेट प्रतियोगिता बैशाख ७ देखि
न्यूज ब्यूरो || जनकपुरधाम, चैत १८ । जनकपुरमा राष्टिूय स्तरको टी- २० क्रिकेट दुर्नामेन्ट प्रतियोगिता हुने भएको छ । जनकपुरका क्रिकेट खेलाडी स्वर्गीय दिपक गुप्ताको सम्झनामा धनुषा जिल्ला क्रिकेट संघ धनुषाले अगामी वैशाख ७ गते देखि जनकपुरको बाह्रविघा मैदानमा टी- २० प्रतियोगिता गर्न लागेको आयोजक समितिले जन

२०७४ चैत १८ आइतबार, बिहान १०:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, चैत १८ । जनकपुरमा राष्टिूय स्तरको टी- २० क्रिकेट दुर्नामेन्ट प्रतियोगिता हुने भएको छ ।
जनकपुरका क्रिकेट खेलाडी स्वर्गीय दिपक गुप्ताको सम्झनामा धनुषा जिल्ला क्रिकेट संघ धनुषाले अगामी वैशाख ७ गते देखि जनकपुरको बाह्रविघा मैदानमा टी- २० प्रतियोगिता गर्न लागेको आयोजक समितिले जनाएको छ ।
क्रिकेट प्रतियोगितामा नेपाल भारत सहित ८ वटा क्रिकेट टीमले खेल्ने भएको आयोजक समितिले शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख ११ हजार रुपैयाँ नगद रहेको छ ।
त्यसैगरी दोश्रो पुरस्कार १ लाख ७१ रुपैयाँ नगद, उत्कृष्ट खेल्ने खेलाडीलाई प्रतिदिन म्यान आँफ दी म्याच सहित ५ तेश्रो दीपक गुप्ता टी–२० क्रिकेट प्रतियोगिता हुदै हजार नगद र उत्कृष्ट खेलाडीलाई २१ हजार रुपैयाँ नगदको म्यान आँफ द सीरीज एवं टूफी प्रदान गरिने टुर्नामेन्ट संयोजक सरोज मिश्रले जानकारी दिए ।
टुर्नामेन्टमा क्रिकेट टीम जनकपुर, विरगंज क्रिकेट टीम, विराटनगर क्रिकेट एकेडमी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, फोनेक्स क्रिकेट क्लब आशाम भारत र सोनेट क्रिकेट क्लब कानपुर भारत सहित ८ वटा टीमले भाग लिने आयोजनकले जनाएको छ ।
प्रतियोगितामा खेलमैदान व्यवस्थापन देखि लिएर अन्य खर्चमा कूल ५० लाख रुपैयाँ खर्च हुने आयोजक समितिका संयोजक मिश्रको दाबी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…