विदेह नगरपालिकाको वडा नं. ४ वडाध्यक्षको लागि पुनः गोहितमान सिफारिस
विदेह नगरपालिका वडा नं. ४ बाट गत २०७४ सालको चुनावमा उनी माओवादी केन्द्रबाटै विजयी भएका हुन् ।

२०७९ बैशाख ६ मंगलबार, दिउँसो ४:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको वडा नं. ४ को वडाध्यक्षको लागि पुनः वडाध्यक्ष विनोद गोहितमानलाई सिफारिस गरिएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) ले विदेह नगरपालिका वडा नम्बर ४ को लागि पुनः गोहितमानलाई उम्मेदवारको लागि सिफारिस गरेको हो ।
सोमबार बसेको पार्टीको क्षेत्रीय समितिको बैठकबाट वडा नं. ४ मा बलियो पक्कड रहेको गोहितमानलाई वडाको उम्मेदवारको रुपमा पार्टीले सिफारिस गरेको हो ।
विदेह नगरपालिका वडा नं. ४ बाट गत २०७४ सालको चुनावमा उनी माओवादी केन्द्रबाटै विजयी भएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…