पेज ह्याक: राजेन्द्र महतोले छाडे लोसपाः समाजिक सँजालमा हल्ला
यस मा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु।यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दाइरामा ल्याउन पहल गर्नेछु।”– भनेर खण्डन गरिएको छ ।

२०७९ बैशाख ६ मंगलबार, दिउँसो १२:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेको एक स्टेट तथ्यसहितको तस्विर भाईरल बनेको छ ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको अधिकारिक फेसबुक पेज जस्तै सम्पादन गरिएको पुष्ठमा आजदेखि लोसपाबाट पूर्ण विराम दिएको फेसबुक स्टेटसले समाजिक सँजालमा तरँग उत्पन्न भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट आजदेखि पूर्ण रुपमा विराम दिएको भन्दै जस्ता तथ्य लेखिएको स्टेटससहितको फोटो फेसबुक लगायतको समाजिक सँजालमा केही बेर भाईरल बनेको छ ।
नेता महतोलाई फेसबुकमा फ्लो गर्ने उनका शुभचिन्तकहरुले अधिकारिक पेजमा त्यस्तो केही नलेखिएपछि कसैले उनको आईडीको स्क्रीन वा ह्याक गरी स्टेटस राखेर समाजिक सँजालमा भाइरल बनाएको छ ।
फेसबुकमा भाईरल बनेको सो तथ्य भ्रामक भएको भन्दै खण्डन समेत गरिएको छ । नेता महतोको अधिकारिक फेसबुक पेज कसैले ह्याक गरी तथानाम लेखिदिएको खण्डन गरिएको छ ।
“मेरो फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले यो समाचार संप्रेसन गरेको प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस मा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु।यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दाइरामा ल्याउन पहल गर्नेछु।”– भनेर खण्डन गरिएको छ ।
यसअघि महतोको अधिकारिक पेजमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँगको यात्रालाई आजबाट पूर्न रुपले विराम दिएको छु । यात्रालाई सरल सहज बनाउन सहयोग गर्नुभएको सम्पूर्ण, साथी ,शुभचिन्तक र पार्टीका सदस्यहलाई हृदयदेखि धन्यवाद ।”– भनेर लेखिदिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…