टिकटकबालीको 'सैँया शहिद'
टिकटक बनाएपछि समाजिक सँजाल प्रयोगकर्ताहरुले समेत टिकटक बनाउनेमाथि खनिएका छन् ।

२०७८ चैत ३० बुधबार, दिउँसो ३:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम पस्ने उत्तरी द्धारमा बनाईएको शहिदगेटमा टिकटकरहरुले शहिदको अपमान गर्ने गरेको भिडियोहरु सार्वजनिक भएको छ ।
मधेश जनआन्दोलनको क्रममा शहादत दिएका वीर शहिदहरुको स्मृतिमा जनकपुरको मुजेलियास्थित निर्माण गरिएको प्रवेश द्धारमा शहिदको सालिकमा भोजपुरी दोहोरो अर्थको गीतसहित टिकटक बनाइ समाजिक सँजालमा पोष्ट गरिएको पाईएको छ ।
२०७२ सालमा शहिद भएका शहिद सँजय चौधरीको सालिकमा नाचेर ईसारा गर्दै दोहोरो अर्थको भोजपुरी गीतमा टिकटक बनाएको पाईएको छ ।
विद्या यादव नामक एक महिलाले “का कही सखी हम सैँया जी के खेला, हरदम मुड उनकर आसमानेमे रहेला” बोलको गीतमा शहिद सालिकमा नाचेर शहिदको अपमान गरेको पाईएको छ ।
विगत केही महिनायता सँस्कृति, रितिरिवाज बिर्सेर मात्र टिकटकमा जीवन बिताउने फोकटिया टिकटकरहरुले यहाँको धार्मिक स्थललाई समेत बक्सेका छैनन् ।
जनकपुरधाम पस्ने शहिदद्धारमा निर्माण गरिएको शहिदहरुको शालिकहरुमध्ये शहिद सँजय चौधरीको शालिकमा ईसारा गर्दै नाच गरेको भिडियोमा देख्न सकिन्छ ।
शहिदको शालिकमै गएर यस्ता प्रकारको टिकटक बनाएपछि समाजिक सँजाल प्रयोगकर्ताहरुले समेत टिकटक बनाउनेमाथि खनिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…