मान्छेको खप्पड र हड्डीसहित एक डाक्टर पक्राउ
उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्रले जनाएको छ ।

२०७८ चैत ३० बुधबार, बिहान ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटनगरबाट एक जना भारतीय डाक्टरलाई मोरङ प्रहरीले मानव अंगसहित पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीबाट खटिएको प्रहरी टोलीले डाक्टरलाई प्रहरीले मानव अंगसहित पक्राउ गरेको हो ।
भारतको बिहार पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिंन्हालाई प्रहरीले मंगलबार विराटनगर–१५ स्थित मुख्य रानी नाकाको १ नम्बर ढाटबाट मानब अंगसहित पक्राउ गरेको छ ।
सिन्हाको साथबाट प्रहरीले मानव खप्पर, खुट्टाको हड्डी, हातको हड्डी, करङको हड्डी, बंगराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाडको हड्डी, औंलाको हड्डी र कुरकुच्चाको हड्डी गरी ४६ वटा मानव अंग बरामद गरेको एस पी राजकुमार लामिछानेले बताए ।
लामिछानेका आनुसार सिन्हाको साथबाट प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको बताए ।
उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्रले जनाएको छ ।
सिन्हाले भारतका संग्रहालयमा बिक्रीका लागि मानब अंग लैजान खोजेको आशंका प्रहरीको छ । पक्राउ परेका सिन्हाले भने आफूलाई मानव अंग ओसारपसार अवैध हो भन्ने जानकारी नभएकोले भारत लैजान लागेको बताएका छन् । उनले मेडिकल पढ्दा आवश्यक पर्ने भएकोले साथीसँग मागेर लैजान लागेको बताए ।
सिन्हाले एमबिबिएसको अन्तिम परीक्षा दिएर इन्टर्नशीपमा रहेको बताएका छन् । प्रहरीले विराटनगरको ढाटबाट गत असोज १८ गते मारुती भ्यानमा हालेर भारत लैजाने तयारी गरेको अवस्थामा मानव खप्पर २८ वटा र मानव हातखुट्टा १० वटा बरामद गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…