मध्यप्रदेशः राम नवमीको शोभायात्रामा मुसलमानहरुले गरे पत्थरवाजी, मन्दिरहरुमा तोडफोड (Video)
मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले कडा रुपमा प्रस्तुत भएका छन् ।

२०७८ चैत २८ सोमबार, बेलुकी ६:२५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा निकालिएको कलश यात्राको क्रममा मुसलमानहरुले पत्थरवाजी गरेको घटना बाहिर आएको छ ।
छिमेकी मुलुक भारतको मध्यप्रदेशको खरगोनस्थित राम नवमीको अवसरमा निकालिएको शोभायात्राको क्रममा केही मुसलमानहरुले श्रद्धालुहरु उपर पत्थरवाजी गरेपछि कैयौँ जना घाईते भएका छन् ।
रामनवमीको अवसरमा निकालिएको शोभायात्रामामा भारतको कैयौँ स्थानमा मुसलमानहरुले यात्रालाई निशाना बनाएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।
गुजरात, झारखण्डदेखि पश्चिम बँगला र मध्यप्रदेश सम्म हिँसात्मक घटना भएको भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय सँचार माध्यमहरुले जनाएको छ ।
आईतबार राम नवमीको अवसरमा मध्यप्रदेशको खरगोनस्थित निकालिएको शोभा यात्राको क्रममा स्थानीय मुसलमानहरुले पत्थरवाजी गर्दा कैयौँ श्रद्धालुहरु घाईते बनेको छ ।
त्यहाँ ३० भन्दा बढी पसल, घरमा आगो लगाईएको छ भने मन्दिरहरुमा तोडफोड समेत गरिएको छ ।
जानकारी अनुसार, रामनवमीको अवसरमा भक्तिगान सहित निकालिएको शोभायात्राको क्रममा बजेको लाउडस्पीकरप्रति आपत्ति जनाउँदै मुसलमानहरुले पत्थरवाजी सुरु गरेको थियो ।
मुसलमानहरुले आ आफ्नो ठाउँमा पहिलेदेखि नै रोडा, पत्थर, माटो जम्मा गरेर गल्ली गल्लीमा राखेको थियो । भगवान रामको डोला आएलगत्तै मुसलमानहरुले पत्थरवाजी गरेको जनाईएको छ ।
स्थानीय एक पत्रिकाको अनुसार, त्यहाँ भएको घटना अचानक नभएर सुनुयोजित तथा पूर्व नियोजित रहेको थियो । मुसलमानहरुले आफ्नो छतमा समेत पत्थर, पेट्रोल बम जम्मा गरेर राखेका थिए ।
सो घटनाको क्रममा एक पटक नभएर दुई पटकसम्म पसल, घरमा आगजनी गर्नुको साथै मन्दिरहरुमा तोडफोड गरेको स्थानीय एक पत्रिकाको रिपोर्टमा उल्लेख छ ।
मुसलमानहरुले पत्थरबाजी गरेपछि हिन्दु समुदायका युवाहरुले समेत त्यहाँ रहेको मस्जिदमाथि जवाफी पत्थरवाजी गरेको भिडियोमा देखिएको छ ।
मुसलमानहरुले दोहोरो झडपको अवस्था सृजना गरेपछि मस्जिदमाथि समेत पत्थरवाजी भएको हो ।
मुलमानहरुको यस्तो हर्कतपछि स्थानीय प्रशासनले सो क्षेत्रमा आईतबारदेखि नै कर्फ्यू लगाएको छ । कर्फ्यूपछि पनि राती १२ बजेको समयमा एक पटक पुनः कैयौँ घरमा आगो लगाईदिएको जनाएको छ ।
जानकारी अनुसार, सो घटनाको क्रममा १० जना प्रहरी र अन्य २० जना सर्वसाधारण घाईते भएका छन् । प्रहरीले अहिलेसम्म ७७ जनालाई पक्राउ गरेको बताइएको छ ।
मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले कडा रुपमा प्रस्तुत भएका छन् । गृहमन्त्री मिश्राले जुन घरबाट पत्थर आएको छ सो घरलाई पत्थरको ढेर बनाइदिने चेतावनी दिएका छन् ।
मध्य प्रदेशमा कानुनी राज्य रहेको र सौहार्दमा कुनै पनि प्रकारको सम्प्रादायिकता हुन नदिने बताउँदै गृहमन्त्री मिश्राले दँगा भडकाउनेहरुलाई निगरानी गरी अहिलेसम्म ७७ जना पक्राउ गरिएको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…