डा. सिँहको फेसबुक स्टेटसले बचायो बच्चाको ज्यान
न्यूज ब्यूरो || धरान, १७ चैत्त । विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक चिकित्सको फेसबुक स्टेटसले एक गरिब बच्चाको ज्यान जोगिएको छ । प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुण कुमार सिँहले अस्पतालमा उपचाररथ राजविराजका प्रमोद राम मोचीका ३ बर्षिय छोराको बारेमा तथा परिवारको आर्थिक अवस्थाको बारेम

२०७४ चैत १७ शनिबार, दिउँसो १:३६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो ||
धरान, १७ चैत्त । विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक चिकित्सको फेसबुक स्टेटसले एक गरिब बच्चाको ज्यान जोगिएको छ ।
प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुण कुमार सिँहले अस्पतालमा उपचाररथ राजविराजका प्रमोद राम मोचीका ३ बर्षिय छोराको बारेमा तथा परिवारको आर्थिक अवस्थाको बारेमा फेसबुकमा स्टेटस लेखेपछि सहयोगकर्ताहरुको मदतले बच्चाको सफल अपरेशन गरिएको छ ।
डा. सिँहको स्टेटस हेरेर प्रवासी नेपाली मञ्च कतार, ४ नम्बर नगर कमिटिको संयोजनमा कतारमा कार्यरत नेपाली, इन्डियन, श्रीलंकनहरुबाट बच्चाको उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको थियो ।
सिंहले वालकको अवस्थाबारे फेसबुकमा सार्वजनिक गरे पछि मदिना ग्रुप कतारमा कार्यरत धरान निवासी खेमराज सुवेदीको पहलमा बालकको उचारका लागि १५ हजार २०० उपलब्ध गराएपछि बालकको सफल ओपरेशन गरिएको छ ।
गत मंगलबार विपी प्रतिष्ठानको बेडमा उपचाररत रामका परिवारलाई ६ बर्षीय बालक कृतन सुवेदीले हस्तारन्तरण गरेका थिए ।
करिब ३ हप्तादेखि अस्पतालमा उपचाररथ प्रमोद रामको आर्थिकस्थिति अति नै दयनिय रहेर उपचार गर्नलाई कठिनाई भए पछि केही सहयोग पुगोस भनेर आर्थिक संकलन गरि पठाएको प्रवासी नेपाली मञ्च कतार ४ का नगर अध्यक्ष सुवेदीले जानकारी दिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…