जसपा छाडेर भाग्दै जनप्रतिनीधि, पुनः एक वडाध्यक्ष जसपा छाडेर लोसपामा
प्रवेश कार्यक्रममा लोसपाका शिर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

२०७८ चैत २३ बुधबार, राति १०:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो बर्षको बैशाख ३० गते हुने भनिएको स्थानीय तहको चुनावको सरगर्मी बढदै जाँदा जसपाबाट निर्वाचित पदाधिकारीहरु अन्य पार्टीमा जाने क्रम जारी छ ।
सोही क्रममा धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ५ का निर्वाचित वडा अध्यक्ष शिवशंकर साह सहित लोसपामा प्रवेश गरेका छ्न ।
मेयरको काम काजप्रती नगरका जनता विश्वास गरेका भन्दै उनले मेयरसँगै काम गर्ने हेतु लोसपा रोजेको बताएका छन् । “उहाँप्रती प्रेरित भएर नगरको सहि नेतुर्त्व लोसपा बाट मात्र हुने लोसपा पार्टीको हातमा मात्र छ ,अन्य अवस्थाको नजर गर्दै आफू खुसी राजी लोसपा प्रवेश गरेका छौ । फेरि लोसपाको सरकार हुने पक्का छ ।”– वडाअध्यक्ष साहले भने ।
स्थानीय निर्वाचनको मुखमा आएर हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलको अगुवाइमा जसपाबाट निर्वाचित वडा अध्यक्ष जसपाबाट निर्वाचित वडा अध्यक्ष साह सहित कार्यपालिका सदस्य मिना मण्डल , जिवसती रजक, स्थानीय युवा नेता सुभासचन्द्र शाह,देव राज शाह,महिला नेत्री सकिला खातुनले लोसपा नेपालमा प्रवेश गरिन् ।
वडाध्यक्ष साहलाई लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनल र हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले फूलमाला र अबिर लगाउँदै लोपसपामा स्वागत गरेका हुन् ।
प्रवेश कार्यक्रममा लोसपाका शिर्ष नेताहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…