क्रेनको ठक्करले विद्यालय जाँदै गरेकी एक किशोरीको घटनास्थलमै मृत्यू, ४ प्रहरी घाईते !
क्रेनमा रहेका चालक सहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

२०७८ चैत १७ बिहीबार, दिउँसो ४:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको सर्लाहीस्थित पोल उठाउने क्रेनले एक स्कूले छात्रालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यू भएको छ ।
सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नम्बर ७ राजघाट स्थित नेमी चोक नजिक विहिबार मध्यान्ह क्रेनले ठक्कर दिदा स्थानीय १७ वर्षीया छात्राको मृत्यु भएको हो ।
घरबाट नव जन जागरण माध्यमिक विद्यालयमा अध्ययनका लागि साईकल चढि उत्तरतर्फ जाँदै गरेकी स्थानीय रविलाल परियारकी छोरी सुमित्रा परियारलाई विपरित दिशाबाट आईरहेको क्रेनले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
विद्युत पोल बोक्ने, गाड्ने, उखेल्ने लगायत विभिन्न काममा प्रयोग हुने क्रेनको ठक्करबाट सुमित्राको घटनास्थलमै मृत्यु भएको छ ।
क्रेनमा रहेका चालक सहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
आक्रोशित गाउँलेले क्रेनमा तोडफोडका साथै आगजनी समेत गरेका छन् । सो क्रममा स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार जना प्रहरी समेत घाईते भएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…