बलिवुडका कमेडियन राजपाल यादव सर्लाहीमा, ५६ किलोको मालाले स्वागत
आयोजकको तर्फबाट उनलाई ५६ किलोको मालाले सम्मानसमेत गरिएको थियो ।

२०७८ चैत १३ आइतबार, बिहान ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । भारतीय हाँस्य कलाकार राजपाल यादव सर्लाही आएपछि उनलाई ५६ किलोको फूलमालाले स्वागत गरिएको छ ।
सदरमुकाम मलंगवास्थित कवर्डहलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिबार नेपाल आएका हुन् ।
अन स्क्रिनमा मात्र देखिने गरेका कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि गाउँ–गाउँबाट सदरमुकाम मलंगवा पुगेका थिए ।
उनलाई गोपाल सेवा समितिको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रूपमा सर्लाही ल्याइएको हो। कलाकार यादवसँग फोटो र सेल्फी लिन भिड उर्लिएपछि आयोजकलाई भीड नियन्त्रण गर्न केही बेर हम्मेहम्मे परेको थियो।
कलाकार यादवले कार्यक्रमको समुद्घाटन गरेका थिए। आयोजकको तर्फबाट उनलाई ५६ किलोको मालाले सम्मानसमेत गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…