जनकपुरबाट गायब भएकी बालिकाको २४ घण्टा नबित्दै सकुशल उद्धार, एक महिलासहित चार पक्राउ
उनले यस घटनाको कडाईको साथ अनुसन्धान हुनुपर्ने माग समेत गरेका छन् ।
२०७८ चैत ११ शुक्रबार, बेलुकी ७:३४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विहिबार साँझ जनकपुरधामबाट गायब भएकी एक ४ बर्षे बालिकालाई प्रहरीले २४ घण्टाभित्रै उद्धार गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले बालिकालाई २४ घण्टा नबित्दै धनुषाको बफैबाट सकुशल उद्धार गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका–१६ पुल्चोकका ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टि बिहीबार साँझदेखि घरबाटै गायब भएपछि धनुषा प्रहरी हलचलमा आएको थियो ।
विहिबार साँझदेखि नै बालिका खोज्दै प्रहरीले जिल्लाको चारैतर्फ प्रहरी खटाएको थियो । घरमा खेल्दै गरेको अवस्थामा बालिका हराएपछि परिवारजनले जिल्ला प्रहरी कार्यालय धनुषामा सूचना दिएको थियो ।
बालिका गायब भएको सूचना पाएलगत्तै प्रहरी सक्रिय भएको थियो । शुक्रबार बिहान करिब ११ बजे नै बालिकाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार, धनुषा जिल्लाको विदेह नगरापालिका वडा नम्बर ८ बफैका एक युवकले अप हरण गरेको थियो ।
बालिकालाई अप हरणमा पारी परिवारजनसँग १५ लाख रुपैयाँ मागि रहेको थियो । सो जानकारी प्रहरीलाई गएपछि फोन भएको नम्बरलाई ट्रेस गर्न सुरु गरिएको थियो ।
शुक्रबार बिहान १० बजे धनुषाको विदेह नगरपालिकाको दुहबी लोकेशन देखाएको थियो भने ११ बजे सोही मोबाईलको लोकेशन बफैको टावरसँग जुधेपछि प्रहरीले अप हरणकारीलाई पक्राउ गर्न सफल भएको हो ।
सो प्रकरणमा बच्चा खेलाउँदै गरेकी एक महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ । सो प्रकरणमा अहिलेसम्म तीन जना पुरुष र एक महिला गरी चार जना पक्राउ परेको हो ।
अप हरणकारी पक्राउ गर्नको लागि प्रहरीले ५ राउण्ड हवाई फायर समेत गर्नुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गोली फायर गरी चारै जनालाई पक्राउ गरिएको हो ।
आफ्नै आँगनमा खेलिरहेकी बालिका बिहीबार साँझ ४ बजेदेखि गायब भएकी थिइन् । बालिका चोरी भएको आशंका परिवारजनले गरेको थियो ।
उनको घरमा उनकै एक भाई पर्ने युवकले विभिन्न समयमा महिलाहरु ल्याउने गरेको उनीहरुमध्ये नै कोहीले अप हरण गरी पैसा माग्ने दाउमा रहेको हुनुपर्ने बालिकाको बुवाले आशँका गरेका छन् ।
उनले यस घटनाको कडाईको साथ अनुसन्धान हुनुपर्ने माग समेत गरेका छन् ।
बालिका हराएपछि न्यूज ब्यूरोको समाजिक सँजालबाट बालिकाको फोटो सहितको विवरण राखिएपछि चारै तर्फ फैलिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…