भट्टराई र परियारलाई धनुषामा सम्मान
न्यूज ब्यूरो || धनुषा, १५ चैत्त । मेची महाकाली साईकल यात्राको दौडमा रहेका दुई जनालाई धनुषामा सम्मान गरिएको छ । मेची महाकाली साईकल यात्राका राही तोपलाल भट्टराई र देव बहादुर परियारलाई सम्मान गरिएको हो । स्थानीय कुम्हरा युवा क्लबको आयोजना धनुषाको धनुषाधाम नगरपालिकाको धारापानीमा अपांगता तथा सामुदायिक बि

२०७४ चैत १५ बिहीबार, राति १०:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
धनुषा, १५ चैत्त । मेची महाकाली साईकल यात्राको दौडमा रहेका दुई जनालाई धनुषामा सम्मान गरिएको छ ।
मेची महाकाली साईकल यात्राका राही तोपलाल भट्टराई र देव बहादुर परियारलाई सम्मान गरिएको हो ।
स्थानीय कुम्हरा युवा क्लबको आयोजना धनुषाको धनुषाधाम नगरपालिकाको धारापानीमा अपांगता तथा सामुदायिक बिकास केन्द्रका अध्यक्ष भट्टराई तथा कोषाध्यक्ष परियारलाई सम्मान गरिएको छ।
भौतिक संरचना अपांगता मैत्री तथा एक कार्यलय एक अपांगता भन्ने नाराका साथ अपांगता भएका व्यक्तिहरु द्वारा मेचीमहाकाली साईकल यात्राको क्रममा रहेका दुबै जनालाई आज धारापानीमा दोस्ल्ला तथा अबिर लगाएर सम्मान गरिएको हो ।
ज्ञान् बहादुर लामाको अध्यक्षता तथा वडा नं. ९ का वडाध्यक्ष सँजीप यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा साहसीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा क्लबको सदस्य ओपेन्द्र यादव, जितेन्द्र यादव, मनिश जर्खा मगर, स्थानीय व्यापार संघका मदन महासेट राजनीतिक प्रतिनिधि, शिक्षक, सुरक्षाकर्मी, लगायतको विशेष आतिथ्य रहेको थियो भने कार्यक्रम संचालन भने कुम्हरा युवा क्लबको अध्यक्ष मुकेश कुमार ठाकुरले गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…