होलीमा गाउँघरमा पनि ट्राफिक प्रहरी परिचालन हुन्छ, भद्दा गीत बजाउनको डिजे जफत हुन्छः एसपी रजौरे
“धनुषाको लगभग हरे ईलाका प्रहरीमा ट्राफिक प्रहरी छ । प्रहरी चौकीहरुमा पनि ट्राफिक प्रहरी छ । उनीहरुले सडक सुरक्षाको लागि बाहिर निस्कनेछन् । जहाँ ट्राफिक हुँदैन त्यहाँ जनपद प्रहरीले निगरानी गर्नेछ ।”– एसपी रजौरेले भने ।

२०७८ चैत २ बुधबार, बिहान ११:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा एसपी (प्रहरी उपरीक्षक) बसन्त रजौरेले होलीमा सुरक्षा व्यवस्था कडा पार्न गाउँघरमा समेत ट्राफिक प्रहरी परिचालन गर्ने बताएका छन् ।
होलीको अवसर भन्दै जाँड, रक्सी, लागु पदार्थ खाएर हो–होल्ला गर्ने, जबरदस्ती रँग लगाउने, हुर्दँग मच्चाउने, मापसे गरी तीव्र गतिमा सवारी चलाउने, तीन–चार जना बसेर मोटरसाईकल चलाउनेलाई नियन्त्रण गर्न गाउँसम्म ट्राफिक प्रहरी परिचालन गर्ने उनले बताए ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै एसपी रजौरेले चर्को आवाजमा डिजे बजाउने, अश्लिल गीत बजाउनेमाथि पहिलेदेखि नै प्रतिबन्ध रहेपनि होली अवांच्छित गतिविधि गर्नेहरुको डिजे जफत हुने बताएका छन् ।
मादक पदार्थ सेवन गरी डिजेमा भद्दा गीत बजाउँदै अशोभनीय क्रियाकलापको साथै अरुलाई जिस्काउने, दुःख दिने जस्ता कार्यहरु होलीमा हुने गरेको व्यापाक गुनासोपछि यसपाली होलीमा कडाई गरिने भएको छ ।
जसको लागि धनुषा जिल्लाको ग्रामिण भेकमा रहेको प्रहरीचौकीको ट्राफिक प्रहरीसहित जनपद प्रहरीले समेत सडक सुरक्षामा खटिने उनले बताए ।
“धनुषाको लगभग हरे ईलाका प्रहरीमा ट्राफिक प्रहरी छ । प्रहरी चौकीहरुमा पनि ट्राफिक प्रहरी छ । उनीहरुले सडक सुरक्षाको लागि बाहिर निस्कनेछन् । जहाँ ट्राफिक हुँदैन त्यहाँ जनपद प्रहरीले निगरानी गर्नेछ ।”– एसपी रजौरेले भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…