गायक रँजीत शर्माको पारम्परिक होली गीत 'परदेशिया ला रँग घोरै छै गोरिया' सार्वजनिक
गायक शर्माले तराई मधेशका केही गायकहरुले सँस्कृति नै बिर्साउने गरी गाउने प्यारोडिक (अश्लिल) खाले गीतहरुको बीच पारम्परिक गीतले परिवारसँग सुन्न माहौल सृजना गर्ने बताए ।

२०७८ फागुन २७ शुक्रबार, राति ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्ट्रगलिँग कलाकार गायक रँजीत कुमार शर्माको नयाँ पारम्पारिक होली गीत सार्वजनिक गरिएको छ ।
गायक रंजित शर्माको स्वरमा होलीको अवसरलाई लक्षीत गरी ‘परदेशीया ला रंग घोरै छै गोरिया’ बोलको गीत सार्वजनिक भएको छ।
रंजित शर्माको शब्द रचना तथा दिपेन्द्र शाहको संगीत रहेको गीतमा संजय भुजेलकोको एरेन्ज रहेको छ।
यस म्युजिक भिडियोलाई अम्रिस मल्लिकले छायाँकन तथा सम्पादन गरेका हुन् भने गेष्ट भोकलमा दिपेन्द्र शाहले साथ दिएका छन्।
गीतको म्युजिक भिडियोमा श्याम शाहि र लवलिको अभिनय रहेको छ। हिमानी म्युजिक युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ।
गायक शर्माले तराई मधेशका केही गायकहरुले सँस्कृति नै बिर्साउने गरी गाउने प्यारोडिक (अश्लिल) खाले गीतहरुको बीच पारम्परिक गीतले परिवारसँग सुन्न माहौल सृजना गर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…