तेस्रो दर्जाका गायक सन्नु कुमार खँगको भद्दा गीतमा सिँगो यादव समुदायलाई बेईज्जत
दिनानुदिन गन्दा, भद्दा, मधेशी समुदायलाई अपच हुने खालको गीतहरु मात्र गाउन थालेपछि उनको लोकप्रियता ग वर्गबाट झरेर अब घ वर्गमा पुगेको देखिन्छ । उनको गीत मन पराउने दर्शकहरुमा भारी गिराबट भएको छ ।

२०७८ फागुन २७ शुक्रबार, बिहान ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको सप्तरी निवासी तेस्रो दर्जाका गायक मानिने सन्नु कुमार खँगको एक गीतमा सिँगो यादव समुदायलाई भैँसीसँग सम्बन्धित पारी बेईज्जत गरेको देखिएको छ ।
अभद्र र भद्दा शब्दहरुले भरिएको गायक खँगको होली गीतमा सिँगो यादव समुदायलाई नै बेईज्जत गरेको छ । सो भद्दा गीतमा “यादब के बेटा छी, दुध पियेबौँ भैँस के” भनेर यादव समुदायमाथि प्रहार गरेको छ ।
होलीको भिडियो गीतमा युवतिलाई बाटोमै जिस्काउँदै युवतिको भित्री वस्त्रलाई झोला भन्दै स्तनलाई सुन्तला भनी अभद्र शब्दहरु प्रयोग गरी गीत गाएका छन् ।
भिडियो गीतमा देखाइएको अभद्र दृश्यहरुको साथै अभद्र शब्दहरुले नै गीत भरिएको छ । सोही क्रममा यादव समुदायलाई भैँसी सँग सम्बन्धित पारिदिएपछि सिँगो यादव समुदायलाई बेईज्जत भएको छ ।
कुनै एकजातीलाई लक्षित गरी सो समुदायलाई होच्याउने गरी शब्द वा गीतहरु प्रसारण गर्दा कानुनी कारवाहीको प्रक्रिया छ । गीतमा यादव समुदाय भैँसी नै राख्ने परम्परा रहेको भनेर होच्याएको छ ।
यादव समुदायलाई होच्याउने गरी भैँससँग तुलना गरिदिएको हो । भिडियो गीतहरुमा यस्तो दृश्याँकन गर्दा तराई मधेशमा झन होलीको नाममा विकृति मौलाउँदै गएको छ । भिडियोमा देख्ने गरी व्यवहारिक रुपमा लागु गरेपछि घटना हुने गरेको छ ।
यीनीहरुको भद्दा गीतलाई सेन्सर गर्ने निकाय नहुँदा तेस्रो दर्जाका गायकहरु झन छाडा हुँदै गएका छन् । हुनतः सन्नु कुमार खँगको पहिले जस्तो लोकप्रियता कायम छैनन् । उनलाई अब दर्शकहले समेत मन पराउन छाडेका छन् ।
दिनानुदिन गन्दा, भद्दा, मधेशी समुदायलाई अपच हुने खालको गीतहरु मात्र गाउन थालेपछि उनको लोकप्रियता 'ग' वर्गबाट झरेर अब 'घ' वर्गमा पुगेको देखिन्छ । उनको गीत मन पराउने दर्शकहरुमा भारी गिराबट भएको छ ।
क्षणिक पैसाको लोभमा सिँगो मधेशी समुदायलाई नै बदनाम गर्ने गरी गीत गाउने सन्नु कुमार खँगको होली गीत “रँग डालबौ खेसारी मे”
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…