जनकपुरमा बलिवुड देखि कलिवुडका कलाकारहरुद्धारा कविता वाचन
न्यूज ब्यूरो || जनकपुरधाम ,१६ चैत्त । वरिष्ठा साहित्कार डा. राजेन्द्र विमलको नाममा सँचालन गरिएको डा. राजेन्द्र विमल साहित्य एकेडमी जनकपुरको एक कार्यक्रममा बलिवुडदेखि कलिवुड र स्थानीय कलाकारहरुले आ आफ्ना प्रस्तुति देखाएका छन् । एकेडमीको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कविता वाचन कार्यक्रममा

२०७४ चैत १५ बिहीबार, बिहान ९:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम ,१६ चैत्त । वरिष्ठा साहित्कार डा. राजेन्द्र विमलको नाममा सँचालन गरिएको डा. राजेन्द्र विमल साहित्य एकेडमी जनकपुरको एक कार्यक्रममा बलिवुडदेखि कलिवुड र स्थानीय कलाकारहरुले आ आफ्ना प्रस्तुति देखाएका छन् ।
एकेडमीको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कविता वाचन कार्यक्रममा बलिवुडका कलाकार, कलिवुडका कलाकार र स्थानीय कलाकारहरुको सक्रिय सहभागिता रहेको थियो ।
समारोहमा सहभागीहरुले अनेकौँ भाषामा कविता तथा डायलग वाचन गरेका थिए ।
कार्यक्रममा बलिउड कलाकार नासे खानले अभिनय गर्दै विभिन्न फिल्मका डायलग वाचन गरेका थिए भने कलिउड अभिनेत्री अंशु थापाले कविता वाचन र अर्की अभिनेत्री याशिका तिम्लिसिनाले नृत्य प्रस्तुत गरेकी थिइन ।
एकेडमीका अध्यक्ष महेन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न समारोहमा अयोध्यानाथ चौधरी, प्रा रामचन्द्र झा, विजय दत्त मणि, काशिकान्त झा, निला घिमिरे लगायतका कविहरुले कविता वाचन गरेका थिए ।स्थानीय संस्था रंगदर्पणका कलाकारहरु सारथी लामा, रोशनी कर्ण, आकृति भुजेल सहितकाले झिझिया गीतमा नृत्य प्रदर्शन गरेका थिए ।
त्यसैगरी कार्यक्रममा स्ट्गलिँग गायिका शिवानी भगतले कविता वाचन गर्नुका साथै सोहर गीत प्रस्तुत गरेकी थिइन ।
संचालन संयुक्त रुपमा कवित्री पुनम झा र साहित्यकार तोयाराज घिमिरले गरेका थिए ।
कार्यक्रममा बलिउड कलाकार खान, कलिउड कलाकार थापा, तिम्लिसिना, प्रा. झा, साहित्यकार घिमिरे र कवित्री झालाई सम्मान गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…