धनुषाको हरिपुरमा सम्पन्न टी–२० क्रिकेटको उपाधीमाथि ग्रीन युवा क्लबको कब्जा
मापन खेलमा बिशिस्ट अतिथि कार्यक्रममा नेकपा एमाले नेता किशोरी यादव र राष्ट्रिय युवा संघ नेपाल धनुषाधाम नगर अध्यक्ष राजेश कुमार साह, बुदिजिवि बिक्रु मिझार,रामबाबु यादव खेलकुद संयोजक सरोज महतो स्थानीय युवा खेलप्रेमी संजिव महतो ,युवा व्यवसायी धर्मनाथ महतो लगायत स्थानीयहरुको व्यापक उपस्तिथि रहेको थिए ।

२०७८ फागुन १९ बिहीबार, बेलुकी ७:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाको वडा नम्बर ६ मा सम्पन्न भएको टी–२० क्रिक्रेट टुर्नामेन्ट प्रतियोगितामा पर्वताको टिमले उपाधीमाथि कब्जा गरेको छ ।
विहिबार सम्पन्न भएको आयोजक टिम हरिपुर र ग्रीन युवा क्लब पर्वताबीच भएको फाईनल खेलमा पर्वताको टीमले उपाधी जित्न सफल भएको हो ।
सो खेलमा ब्याडिङ्ग आयोजक टिम लिएका थिए भन्ने बलिङ्ग ग्रीन युवा कल्बको थियो । हरिपुर युवा समाज १०८ रन ल्याएर १४ अभरमा अल आउट भएका थिए । पर्वता टिमले ४ विकेटमा १०८ रन पुगाएर बिजय भएको हो ।
सो क्रममा विजेताहरुलाई उपाधीको साथै मेडल प्रदान गर्दै धनुषाधाम नगरपालिकाको मेयरका प्रत्यासी एमव् नेकपा एमालेका नेता योगकुमा यादवले खेलमा हारजित हुने स्वभाविकहो र आपसी सदभावको लागि समय देखेर नभइ निरन्तर हुनुपर्ने बताए।
खेलकुदमा स्थानीयहरुको चासो हेरेर निकै खुसी लागेको नेता यादवले भन्ने । उनले प्रतियोगितामा सहभागी सबै टिमलाई धन्यवाद तथा बधाई दिए । अन्तराष्ट्रियस्तरसम्म खेलकूदको माध्यमले आपसी सदभाव कायम गर्न सकिने बताए ।
अध्यक्षता युवा नेता विहारी महतोको अध्यक्षता तथा नेता यादवको प्रमुख आतिथ्यमा खेलको उदघाटन गरिएको थियो ।
खेलमा प्रथम पुरुस्कार ५१ हजार साथमा ट्रोफी र दोस्रो पुरुस्कार २५ हजारसहित ट्रोफी समेत प्रदान गरिएको थियो । सहभागी टिमहरुको लागि खेलमा एलबीडब्लु वाहेक आईसीसीको सबै नियम लागू गरिएको क्लबका अध्यक्ष सरोज कुमार महतोले जानकारी दिए ।
समापन खेलमा बिशिस्ट अतिथि कार्यक्रममा नेकपा एमाले नेता किशोरी यादव र राष्ट्रिय युवा संघ नेपाल धनुषाधाम नगर अध्यक्ष राजेश कुमार साह, बुदिजिवि बिक्रु मिझार,रामबाबु यादव खेलकुद संयोजक सरोज महतो स्थानीय युवा खेलप्रेमी संजिव महतो ,युवा व्यवसायी धर्मनाथ महतो लगायत स्थानीयहरुको व्यापक उपस्तिथि रहेको थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…