प्रहरी ईन्सपेक्टर यादवको महिला प्रहरीमाथि दुरव्यवहार, बर्दि तानेर भित्री वस्त्रमा हात हालेको आरोप
प्रहरी निरीक्षक यादवले भने ड्युटीको समयमा ननिदाउन र राम्रोसँग लुगा लगाउन मात्रै आफूले आग्रह गरेको जिकिर गरेका छन् ।

२०७८ फागुन १९ बिहीबार, बिहान ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानीस्थित नै एक प्रहरी ईन्सपेक्टरले आफ्नै महिला प्रहरी कर्मचारीमाथि दुरव्यवहार गरेको उजुरी जिल्ला प्रहरी कार्यालय धनुषामा परेको छ ।
मधेश प्रदेशको धनुषा जिल्लास्थित ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) बेचन यादवले आफ्नै महिला कर्मचारीमाथि यौन दुरव्यवहार गरेको आरोपसहित जिल्ला प्रहरीमा उजुरी परेको छ ।
जनकपुरको रमदैया भवाडीस्थित रहेको जानकी मेडिकल कलेजमा सुरक्षार्थ खटिएका महिला प्रहरीलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक यादवले दुर्व्यवहार गरेको भन्दै उनीमाथि छानबिन भईरहेको बताइएको छ ।
परीक्षा चलिरहेको बेला रनिँगमा आएका ईन्सपेक्टर यादवले सार्वजनिक स्थलमै यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिला प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरेकी थिइन् ।
जानकी मेडिकलमा सञ्चालन भईरहेको परीक्षाको सुरक्षार्थ खटिएका महिला प्रहरीलाई भीडभाडमै बर्दी तानेर भित्री लुगामा हात लगाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो ।
ड्युटीको क्रममा इन्सपेक्टर यादवले पटक–पटक गलत नियतले शरीरका अंगहरूमा हात लगाउने तथा अपमानजनक व्यवहार गर्ने गरेका र परीक्षा केन्द्रमा खटिएको बेला बर्दी तानेर भित्री वस्त्रमा हात लगाएको पीडित महिला प्रहरीले उजुरीमा उल्लेख गरेकी छन् ।
तर, प्रहरी निरीक्षक यादवले भने ड्युटीको समयमा ननिदाउन र राम्रोसँग लुगा लगाउन मात्रै आफूले आग्रह गरेको जिकिर गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक यादव विरुद्ध महिला प्रहरीले दिएको उजुरीको छानबिन भईरहेको प्रहरी उपरीक्षक बसन्त रजौरेले बताएका छन् । उनले घटनाको छानबिन पश्चात मात्र सत्य तथ्य भन्न सकिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…