धनुषामा २७ जनामा डेंगु भेटायो , प्रदेशमा कति ?
कुलदीप दास || जनकपुरधाम, १३ चैत्त । धनुषामा २७ जनामा डेंगुको रोग भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ । डेंगु ज्वरो व्यवस्थापन सम्वन्धि पत्रकार तथा सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रममा यस्तो तथ्य सार्वजनिक गरिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका र मिथिला नगरपालिकामा ड

२०७४ चैत १३ मंगलबार, राति १०:४८ बजे१ मिनेट पढाइ

कुलदीप दास ||
जनकपुरधाम, १३ चैत्त । धनुषामा २७ जनामा डेंगुको रोग भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ ।
डेंगु ज्वरो व्यवस्थापन सम्वन्धि पत्रकार तथा सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रममा यस्तो तथ्य सार्वजनिक गरिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका र मिथिला नगरपालिकामा डेंगुको विरामी भेटिएको जानकारी गराइएको भने प्रदेश नं २ मा ६ सय ९ जना विरामी रहेको तथ्य सार्वजनिक गरिएको छ ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सचिदानन्द देवले धनुषामा अहिले डेंगु रोगको क्रम रुकेको वताए । उनले डेंगुको विरामी फेला परेपछि भदौ ४ गते देखि खोज र नष्ट गर अभियान चलाएको र अहिले डेंगु रोग नियन्त्रणमा रहेको वताए ।
कार्यक्रममा वरिष्ठ स्वास्थ्य प्रशासक डा.विवेक कुमार लालले डेंगु ज्वरोको नाम सुनेपछि मानिसहरु अतालिने भएको तर यसलाई समयमै उपचार गरे ठिक हुने रोग रहेको वताए ।
उनले डेंगु ज्वरो एडीज एजिप्टाई जातको लामुखुटेको टोकाईबाट लाग्ने रोग रहेको वताउदै डा. विवेकले शरिरलाई छोपीने गरि कपडा लगाउनु,थोरै पानी जम्ने ठाउँहरुमा पानी जम्न नदिइ समय समयमा सफा गरे डेंगु रोगबाट वच्न सकिने वताए ।
नेपालमा सन २२४ मा पहिलो पटक एक विदेशी नागरिकमा डेंगुको विरामी फेला परेको थियो ।
त्यसपछि सन २००६ मा तराई र भित्री मधेशका केहि जिल्लाहरुमा डेगुंका विरामीहरु फेला परेको थियो भने सन २००९ मा चितवनमा ९ जना डेंगुका विरामीहरुको पहिचान साथै आसपासका जिल्लाहरुबाट पनि ज्वरोका विरामीहरु उपचारमा आउने क्रम वढेको थियो ।
आर्थिक वर्ष ०६७/०६८ मा चितवन लगायत रुपन्देही,नवलपरासी जिल्लाहरुमा महामारीको रुपमा फैलिदै देश भरिमा नउ सय भन्दा बढि केशहरु देखिएकोमा चितवनमा मात्र ०६८ असार मसान्त सम्ममा ७३९ विरामीहरु फेला परेको तथ्यांक जिल्ला जनस्वास्थ कार्यालयले सार्वजनिक गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…