धनुषा प्रहरीद्धारा जुत्ता पक्राउ
जुत्ता र मोटरसाईकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुर पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७८ फागुन ६ शुक्रबार, बेलुकी ६:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छली गरी ल्याएको जुत्ता पक्राउ गरेको छ
शुक्रबार विहान करिब २ बजेको समयमा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ तरहीस्थितबाट भन्सार छली गरी ल्याउँदै गरेको १ लाख ७५ हजार मूल्य बराबरको जुत्ता पक्राउ गरेको हो ।
भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारीका विभिन्न किशिमका समानहरू लिई गई रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको टोलीले सो मूल्य बराबरको जुत्ता सहित दुई मोटरसाइकल समेत पक्राउ गरेको हो ।
दुईवटा मोटरसाईकलमा वेवारीसे अबस्थामा पलाष्टिकको बोरा भित्र पार्टी सुज १४० पिस र दुई थान मोटरसाईकलको २ लाख गरी कुल ३ लाख ७५ हजार मूल्य बराबरको समान बरामद गरेको हो ।
जुत्ता र मोटरसाईकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुर पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…