रौतहट मौलापुरमा हुने 'मधानी महायज्ञ' मा भोजपुरी ओरकेष्ट्राको साथै बेसुराह TikToker हरु पनि नाच्ने
अश्लिल नाच, गीतहरु भन्दा पनि धार्मिक कार्यक्रमहरु गर्न सुझाव दिएको छ ।

२०७८ फागुन ४ बुधबार, बिहान १०:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको रौतहट जिल्लास्थित प्रत्येक बर्ष आयोजना हुँदै आएको मधानी महायज्ञमा यसपाली खेसारीलाल यादवको ओरकेष्ट्रा ग्रुप र केही बेसुराह टिकटकरहरु नाच्ने भएको छ ।
रौतहट जिल्लाको मौलापुर स्थित पुरातात्त्विक महादेव मन्दिर प्राङ्गणमा आगामी फागुन १७ गते आयोजना हुन लागेको मधानी महायज्ञ २०७८ मा मनोरञ्जनात्मक कार्यक्रम गर्नको लागि अश्लिल गीतहरुले विवादमा रहँदै आएको खेसारी लाल यादवको टिम सहित टिकटक प्लेटफर्ममा गैर–समाजिक गतिविधि गर्ने केही टिकटकहरु नाच गर्ने भएको छ ।
फागुन १७ गते सोही मधानी महायज्ञको उदघाटनको लागि पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा सहभागी हुने बताइएको छ । सोही कार्यक्रममा नेपाली सिने जगतका मेगास्टार राजेश हमाल पनि सहभागी हुने आयोजक एसराज प्रोडक्सनका निर्देशक सँतोषराज सहनीले जानकारी दिए ।
मौलापुर नगरपालिकाको आयोजनामा हुन लागेको मधानी महायज्ञको नाममा प्रत्येक बर्ष मोटो सरकारी रकम खर्च गरी बिहारबाट कलाकारहरुलाई मगाउने गरिन्छ ।
यसपाली मधानी महायज्ञमा खेसारीलाल यादव नाच टिम, टिकटकरहरुको नाच टिमले नाच गर्ने भएपछि समाजिक सँजालमा आयोजकलाई धार्मिक कार्यक्रम मात्र गर्न सुझाइएको छ ।
समाजिक सँजालका प्रयोगकर्ताहरुले मधानी महायज्ञमा भगवान शिवको यज्ञ भएकोले अश्लिल नाच, गीतहरु भन्दा पनि धार्मिक कार्यक्रमहरु गर्न सुझाव दिएको छ ।
नेपालमा खेसारीलाल यादव र केही टिकटकरहरुको छवी खराब मानिएको छ । टिकटकहरुमा पिके सिँह, सरोज मण्डल लगायतका बेसुराह टिकटकरहरुलाई नचाउने भएको छ ।
मधानी महायज्ञको बारेमा रौतहटकै कानुन विद्यार्थी राजा हुसेनले अश्लिल गायकहरुलाई भन्दा पनि महायज्ञको लागि मैथिलि ठाकुर, पुनम झा (शर्मा) जस्ता गायकलाई बोलाउनु उचीत हुने सल्लाह दिएका छन् ।
उनले भोजपुरी नाचभन्दा पनि शिवलीला, कृष्ण लीला, रामलीला गर्नु वेश हुने भाव सहित फेसबुकमा स्टेटस लेखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…