बलिवुडका चर्चित गायक बप्पी लहरी पनि रहेनन्
केही दिन अघि मात्र विश्वचर्चित गायिका एवम् स्वर कोकिला भनिने लता मँगेशकरको मृत्यू भएको थियो ।

२०७८ फागुन ४ बुधबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बलिउडका सङ्गीत जगतका चर्चित गायक एवम् म्यूजिक डायरेक्टर बप्पी लहरीको मृत्यू भएको छ ।
मंगलबार राती ११ बजे ६९ वर्षको उमेरमा गायक बप्पी लहरीको मृत्यू भएको छ । उनले मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा अन्तिम सास फेरे ।
साङ्गीतिक उद्योगमा बप्पी लहरीलाई डिस्को किङ्ग भनिन्थ्यो । उनको वास्तविक नाम अलोकेश लाहिडी थियो । बप्पी लहरी आफ्नो सङ्गीतका साथै अत्यधिक सुन लगाउने भएका कारण पनि चर्चित थिए ।
बलिवुडको फिल्म डर्टी पिक्चरको एक गीत “उ ला लाल, उ ला ला” गीतपछि अधिक चर्चामा आएका लहरीको मृत्यूपछि बलिवुडकाका कलकारहरुले शोक जनाएका छन् ।
केही दिन अघि मात्र विश्वचर्चित गायिका एवम् स्वर कोकिला भनिने लता मँगेशकरको मृत्यू भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…