उदितनारायणको दिल रानि हिट हुदै
न्यूज ब्यूरो || जनकपुरधाम, १३ चैत्त । नेपाली कथानक चलचित्र ‘नेप्टे’ को गीत केही समय अगाडि सार्वजनिक भएको छ । उक्त गीत ‘दिल रानी’ बोल रहेको क्लब गीत सार्वजनिक भएको हो । गीतमा सन्तोष राजको संगीत, उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ । गीतको भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्ग फ

२०७४ चैत १३ मंगलबार, दिउँसो १:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १३ चैत्त ।
नेपाली कथानक चलचित्र ‘नेप्टे’ को गीत केही समय अगाडि सार्वजनिक भएको छ । उक्त गीत ‘दिल रानी’ बोल रहेको क्लब गीत सार्वजनिक भएको हो । गीतमा सन्तोष राजको संगीत, उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ ।
गीतको भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्ग फिचरिङ छन् । गीतमा यमनाथ मैनालीका शब्द छन् भने कबिराज गहतराज कोरियोग्राफर हुन् ।
आर रोसफी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा अभिनेता दयाहाङ राई , बुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, कमलेश बराल, अरुणा कार्की, प्रनिशा सिलवाल र जयकिशन बस्नेतको अभिनय छ ।
चैत्र ३० गतेबाट प्रदर्शनमा आउने चलचित्रमा रोहित रुम्बाको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, रोशन श्रेष्ठको द्वन्द्व, तारा थापा किम्भेको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी हरि घले लामाको छायांकन र देव कुमार श्रेष्ठको निर्देशन रहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…