'हनि ट्रयाप' मा परेका मधेशको चर्चित गायक रविराज साह अदालतबाट निर्दोष साबित
उनले अहिले तराई मधेशको विभिन्न जिल्लामा आफ्नो प्रस्तुति दिन थालेका छन् ।

२०७८ माघ २४ सोमबार, बिहान ८:३१ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । 'हनि ट्रयाप' अर्थात विष कन्याको जालमा परेका मधेशको चर्चित गायक रविराज साह (रबिन्द्र साह) अदालतबाट निर्दोष साबित भएका छन् ।
जिल्ला अदालत काठमान्डौँले गायक साहलाई २०७८ साल माघ ०४ गते उनलाई निर्दोष साबित गरेको हो । गत बर्षको कार्तिक २७ गते पक्राउ परी थुनामा रहँदै आएका गायक साह १४ महिना ६ दिनपछि थुनामुक्त भएको हो ।
गत बर्षको कार्तिक २७ गते उनलाई किरन बानियाँ नामक युवतिले जबरदस्ती करणी उद्योगको मुद्दा दिएपछि गायक साहलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमान्डौँले गायक साहलाई पूर्वपक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो ।
जिल्ला अदालत काठमान्डौँले गत माघ ०४ गते निर्दोष ठहर गर्दै थुनामुक्त गरेको हो । किरण बानियाँले दिएको मुद्दामा गायक रबिराज साह सफाई पाएको हो ।
अदालतको थुनामुक्त गर्ने आदेश

गायक रविराज साह तराई मधेशमा लाईटमा आउन थालेपछि किरण बानियाँलाई आफूलाई प्रोडुसर भनाउने एक जना कलाकर्मीले नै 'विष कन्या' को रुपमा प्रयोग गरेको बताईएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…