नक्कली पेस्तोल देखाएर 'ईन्सपेक्टर हुँ' भन्दै मानिस धम्काउने युवक पक्राउ
उनको साथबाट नक्कली रिभल्वर थान १, रिभल्वर राख्ने होलस्टर थान १, बरामद गरेको बुढाथोकीले थपे ।

२०७८ माघ २३ आइतबार, राति ८:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थितबाट सिरहा प्रहरीले यात्रु धम्काउने एक युवकलाई पक्राउ गरेको छ ।
आईतबार जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटेको टोलीले नक्कली पेस्तोल देखाएर मानिसहरुलाई धम्काइरहेको अवस्थामा नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी एवम् प्रहरी प्रवक्ता सुभाष बुढाथोकीका अनुसार, प्रहरी हुँ भन्दै धम्काउँदै हिड्ने एक युवकलाई सिरहा प्रहरीले लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।
सिरहा नगरपालिका वडा नम्बर ७ स्थितबाट मानिसलाई प्रहरी हुँ भन्दै धम्याईरहेको अवस्थामा प्रहरीले झापा गौरादह नगरपालिका १ घर भई हाल काठमाडौं महानगरपालिका ४ मण्डिखाटार बस्ने ३२ वर्षिय अशिम गुरुङलाई अवैध लागु औषध र नक्कली पेस्तोल सहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा उनको साथबाट लागू औषध नाइट्रोभेट १० लेखिएको ३९ पिस ट्याब्लेट, सपामोस प्रोक्सान प्लस २२ पिस ट्याब्लेट बरामद गरेको हो ।
यसको साथै, प्रहरी नीरिक्षक अशिम गुरुङ लेखिएको नेपाल प्रहरीको नक्कली परिचय समेत उनको साथबाट फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
उनको साथबाट नक्कली रिभल्वर थान १, रिभल्वर राख्ने होलस्टर थान १, बरामद गरेको बुढाथोकीले थपे ।
प्रहरीले उनको साथबाट ड्याईगन चक्कु, १, असिम गुरुङ्ग लेखिएको मेटल नेम प्लेट थान २, मोबाईल , चेकबुक, अशिम गुरुङ नामको नेपाली नागरिकताको फोटोकपी लगायतका सामाग्री बरामद गरेको जनाएको छ ।
प्रहरीले आईतबार नै जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको डिएसपी बुढाथोकीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…