आपसी सद्भावको लागि खेलकूद निरन्तर हुनुपर्छः नेता यादव
उनले राष्ट्रिय देखि अन्तराष्ट्रियस्तरसम्म खेलकूदको माध्यमले आपसी सदभाव कायम गर्न सकिने बताए ।

२०७८ माघ १६ आइतबार, दिउँसो १२:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाको वडा नम्बर ६ मा सुरु भएको टी–२० क्रिक्रेट टुर्नामेन्ट प्रतियोगिताको उदघाटन शनिबार गरिएको छ ।
सो क्रममा धनुषाधाम नगरपालिकाको मेयरका प्रत्यासी एमव् नेकपा एमालेका नेता योगकुमा यादवले खेल आपसी सदभावको लागि समय देखेर नभइ निरन्तर हुनुपर्ने बताएका छन् ।
खेलकुदमा युवाहरुलाई विकास गर्नको लागि यहाँको जनप्रतिनीधि र नेतृत्वकर्ताहरुको खाँचो देखिएको औल्याए । उनले राष्ट्रिय देखि अन्तराष्ट्रियस्तरसम्म खेलकूदको माध्यमले आपसी सदभाव कायम गर्न सकिने बताए ।
धनुषाधाम नगरपालिका वडा नं ६ हरिपुरमा क्रीकेट टुर्नामेन्टको अध्यक्षता वडा अध्यक्ष सुक्रीट महतोको अध्यक्षता तथा नेता यादवको प्रमुख आतिथ्यमा खेलको उदघाटन गरिएको हो ।
अध्यक्षता गर्दै महतोले वडा नम्बर ६ को वडामा युवाहरु आयोजना गरिएको टुनामेन्ट हाम्रा टोलका युवाहरु खेलप्रती आकर्षित हुने बिश्वास व्यक्त गरे ।
प्रमुख अतिथीकै आसनबाट बोल्दै नेता यादवले धनुषाधाममा खेल गर्नु पर्ने कार्यहरु धेरै रहेको भएपनि सम्बन्धित निकाय कुनै चासो न लिएकोप्रति दुःख जाहेर गरे ।
साथै धनुषाधाम नगरपालिकामा पर्यटकीय हिसाबले बिकास गर्दा आफ्नै आम्दानीले यस ठाउका विकासहरु धेरै गर्न सक्ने बताए । वनजंगल ,बानगंगा जस्ता अझै ठाउँहरु रहेको बताए ।
बिशिस्ट अतिथिको आसनबाट युवा नेता संजिव यादवले वास्तवमा युवा वर्गको पहिचानको प्लेटफर्म खेलकुद महत्वपूर्ण रहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…