विद्युत चुहावट रोक्न कार्यालय समय होईन, अहोरात्र खटनुपर्छः शाखा प्रमुख यादव
धनुषाधाम शाखाबाट करिब ३५ हजार सेवा ग्राही रहेको छ ।

२०७८ माघ ९ आइतबार, बेलुकी ५:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्ला धनुषाधाामस्थित नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र धनुषाधाम शाखाका प्रमुख ओपेन्द्र नारायण यादवले चुहावट रोकावट कार्यलाई तिव्रता दिएका छन् ।
विद्युत प्राधिरणमा कुशल कर्मचारीको चिनिएका धनुषाधाम शाखाका प्रमुख यादवले लक्ष्यका साथ कर्मचारीहरुलाई तयारी अबस्थामा परिचालन गरेर समयमा प्रावधिक मतबुतीको साथै चुहावट नियन्त्रणको लागि कार्यालय समयलाई मात्र नभए जतिबेला पनि कुदनुपरेको बताए ।
विद्युत् प्रसारणमा कुनै अवरोध नहोस् भन्ने हेतुले स्रोतसाधनसहित कर्मचारीहरुलाई तयारी अवस्थामा राखेको बताउँदै उनले चुहाबट धेरै हदसम्म नियन्त्रण गरेको बताए ।
देशभर ११० वितरण केन्द्र रहेका छन् त्यसमा धनुषाधाम पनि समयमा सेवा दिदै आएको चुहावट रोकावट देखि सेवामा सक्रिय रहेको देखिएको छ ।
उद्योग, क्ल कारखाना, कार्यालय लगायत घरपट्टी बिधुत ग्राहक वर्गमा समयमा बिल तिर्न सहयोग गर्न आग्रह समेत गरे लगायत चुहावट नगर्न आग्रह प्रमुख यादवले गरे ।
कार्यलयमा कुनै किसिमको ग्राहकबाट गुनासो आएमा तुरुन्तै रिस्पोन्स दिदै आएको बताउँदै उनले यदि कुनै ठाउँमा चुहावट वा समस्या देखिएमा कार्यालयको नम्बरमा जानकारी गराए सहयोग गर्न अपिल समेत गरे ।
धनुषाधाम शाखाबाट करिब ३५ हजार सेवा ग्राही रहेको छ । प्रत्येक गाउँ गाउमा सेवा दिदै आएको प्रमुख यादवको कार्यशैलीप्रति सेवाग्राहीले साकारात्मकता देखाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…