डा. सिके राउत ओलीका एजेन्ट हुन, जनताले नाँगो झार पार्छः राज्यमन्त्री यादव
मन्त्री यादवको बचाउ गर्दै राज्यमन्त्री यादवले डा. सिके राउत केपी ओलीको एजेन्ट रहेको बताएका छन् ।

२०७८ माघ ७ शुक्रबार, बिहान ९:५६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवम् मधेश प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले डा. सिके राउत एमालेका अध्यक्ष केपी शर्मा ओलीको एजेन्ट रहेको आरोप लगाएका छन् ।
संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले गत माघ ५ गते बलिदानी दिवसको अवसरमा डा. सिके राउत र उनका कार्यकर्ता सहित आन्दोलनरत किसानहरुलाई ह त्या गर्ने धम्की दिएपछि चुलिएको विवादले राज्यमन्त्री यादव बचाउमा उत्रेका छन् ।
मधेश प्रदेशको रौतहट जिल्लाको गौरमा आयोजित बलिदानी दिवसमा मन्त्री यादवले उत्तेजक भाषण दिएपछि चौतर्फी आलोचनाको सँगै पदबाट बर्खास्त गर्न माग उठेपछि आयोजक राज्यमन्त्री यादवले मन्त्री रेणु यादव त्यस्तो केही नबोलेको दाबी गरिरहेका छन् ।
मन्त्री यादवको बचाउ गर्दै राज्यमन्त्री यादवले डा. सिके राउत केपी ओलीको एजेन्ट रहेको बताएका छन् । उनले केपी ओलीको आर्थिक सहयोगमा मधेशमा आन्दोलन गरेको बताए ।
राजधानी जनकपुरधामस्थित पत्रकार सम्मेलनको आयोजना गरी राज्यमन्त्री यादवले केपी ओली संघीयता परास्त गर्नको लागि सिके राउत मार्फत किसानको कार्ड खेलेको बताए ।
उनले भने, –“सिके राउत केपी ओलीका एजेन्ट हुन, केपी ओलीको गोदमा बसेर संघीयता समाप्त पार्ने षडयन्त्र गरेको छ । आफैँ हजारौँको सुटबुट, सुनको चेन लगाउनेले कहिले किसानको खुट्टामा चप्पल छ की छैन भनेर हेरेको ? काठमान्डौँमा किसान आन्दोलन हुँदा किन चुप थिए सिके राउत ? उनको आफ्नो श्रृँगारमै दैनिक कम्तीमा ५ हजार रुपैयाँ खर्च हुन्छ होला, तर किसानलाई खै चप्पल दिएको ? चप्पल र कम्बल मैले दिएको छु किसानलाई ।”
उनले मधेशमा डा. राउतले किसानको कार्ड खेलेको बताउँदै जनताले डा. सिके राउतलाई नाँगो झार पार्ने चेतावनी समेत पत्रकार सम्मेलन मार्फत दिएका हुन् ।
मन्त्री रेणु यादवले गौर राईस मिलको उदाहरण दिँदै डा. सिके राउत र आन्दोलनरत किसानहरुलाई यस्तै हालात गरिने भन्दै ठाडो धम्की दिएको भिडियो अहिले समाजिक सँजालमा भाईरल बनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…