मधेशमा राष्ट्रिय सभा चुनावको लागि एमाले र लोसपा एक भयो, दुवै पार्टीबीच गठबन्धन
लोसपा र एमालेले गठबन्धन बनाएपनि सत्ता गठबन्धन नै बलियो रहेको छ ।

२०७८ माघ ६ बिहीबार, दिउँसो ४:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनको लागि एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ ।
शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरेर दुबै दलका नेताहरुले गठबन्धनको सहमति भएको जानकारी दिएका हुन् ।
दुई दलबीच मधेस प्रदेशको अन्य तर्फ एमाले उम्मेदवार उसमान अन्सारी र महिलातर्फ रुपाकुमारी यादवलाई समर्थन गर्ने सहमति भएको छ ।
एमालेले महिलातर्फका उम्मेदबार बिना देवी साहलाई उम्मेदवार बनाएको थियो भने लोसपाले अन्य तर्फ उम्मेदवार तोके पनि उम्मेदवारी दिएको थिएन ।
१९ राष्ट्रियसभा सदस्य चयनका लागि १२ माघमा निर्वाचन हुँदैछ, जसमध्ये प्रदेश २ बाट महिला र अन्य समूहतर्फ सदस्य चयन हुनेछन् ।
मधेस प्रदेशमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादीका महमद खालिदले उम्मेदवारी दिएका छन् ।
लोसपा र एमालेले गठबन्धन बनाएपनि सत्ता गठबन्धन नै बलियो रहेको छ । सत्ता गठबन्धनमा माओवादी, काँग्रेस, जसपा लगायतका दलहरुले गठबन्धन गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…