यादव बने वाईसिएल जिल्ला सँयोजक
न्यूज ब्यूरो || जनकपुरधाम, ११ चैत्त । धनुषा जिल्ला वासिएल जिल्ला सँयोजकमा सरोज यादवलाई चयन गरिएको छ । आज बसेको वासिएलको बैठकबाट धनुषा जिल्लाको लागि यादवलाई सर्वसहमतिले जिल्ला सँयोजकमा चयन गरिएको हो । यस प्रदेशमा वासिएलभित्र त्रुटिपूर्ण समस्या रहेकोले सँगठन केही कमजोर भएपनि पुनः ताजगी दिँदै नयाँ कार्

२०७४ चैत ११ आइतबार, राति ९:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ११ चैत्त । धनुषा जिल्ला वासिएल जिल्ला सँयोजकमा सरोज यादवलाई चयन गरिएको छ ।
आज बसेको वासिएलको बैठकबाट धनुषा जिल्लाको लागि यादवलाई सर्वसहमतिले जिल्ला सँयोजकमा चयन गरिएको हो ।
यस प्रदेशमा वासिएलभित्र त्रुटिपूर्ण समस्या रहेकोले सँगठन केही कमजोर भएपनि पुनः ताजगी दिँदै नयाँ कार्य समिति चयन गरिएको छ ।
सँगठनको जिल्ला ईन्चार्जमा हलखोरी कापडलाई चयन गरिएको छ भने सह ईन्चार्जमा प्रमोद मण्डललाई चयन गरिएको हो ।
समिति चयन भएलगत्तै उनीहरुले आफ्नो जिम्मेवारीप्रति पूर्ण प्रतिवद्ध रही जिम्मेवारी पूरा गर्ने बताएका थिए ।
आज महोत्तरीको बर्दिवासमा बसेको प्रदेश २ को बैठकबाट उनीहरुलाई चयन गरिएको औपचारिक जानकारी गराइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…