भुक्तानी माग्दै सडक डिविजन कार्यालय जनकपुरलाई ७ दिने अल्टिमेटम, ताला लगाउने चेतावनी
७ दिनको भित्रमा सडक डिविजन कार्यालयले भुक्तानी नदिए कार्यालयमा ताला लगाउने चेतावनी समेत दिएको हो । ठेकेदारहरुले कार्य सम्पन्न गरी बील भर्पाई पेश गरेको महिनौ हुँदा पनि भुक्तानी नदिएको गुनासो गरिएको छ ।

२०७८ माघ २ आइतबार, बेलुकी ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सडक डिविजन कार्यालय मार्फत विभिन्न ठाउँमा कार्य सम्पन्न गरेपनि भुक्तानी नदिएको भन्दै निर्माण व्यावसायीहरुले अल्टिमेटम दिएको छ ।
प्रदेश २ निर्माण व्यावसायी सँघले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सडक डिविजन कार्यालय जनकपुरबाट विभिन्न समयमा कामको ठेक्का कबोल गरी कार्य सम्पन्न गरिएको तथा अझै भुक्तानी नदिएको भन्दै अविलम्ब भुक्तानी दिन ७ दिने अल्टिमेटम दिएको हो ।
प्रदेश नम्बर २ निर्माण व्यावसायी सँघका अध्यक्ष सुरेन्द्र प्रसाद चौधरीले जारी गरेको प्रेस विज्ञप्तिमा कार्य सम्पन्न गरिए वापतको भुक्तानी अबिलम्ब गर्न भनिएको छ ।

कार्य सम्पन्न गरी बिल बमोजिमको भुक्तानी गर्न पटक पटक ताकेदा गर्दा पनि सडक डिविजन कार्यालयका कर्मचारीले सुनुवाई नगरेको भन्दै ७ दिने अल्टिमेटम दिएको छ ।
७ दिनको भित्रमा सडक डिविजन कार्यालयले भुक्तानी नदिए कार्यालयमा ताला लगाउने चेतावनी समेत दिएको हो । ठेकेदारहरुले कार्य सम्पन्न गरी बील भर्पाई पेश गरेको महिनौ हुँदा पनि भुक्तानी नदिएको गुनासो गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…